सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कंगोको राष्ट्रसंघविरोधी प्रदर्शनमा १० जना मारिए 

 |  बुधबार, भदौ १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०

triton college
Metro Mart
vianet

कंगो- प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी शहर गोमामा एक धार्मिक समूहले आयोजना गरेको संयुक्त राष्ट्रसङ्घविरुद्धको नियोजित विरोध प्रदर्शन सैनिकहरूले रोक्ने प्रयास गरेपछि भएको झडपमा कम्तीमा १० जनाको मृत्यु भएको छ। 

प्रदर्शन आयोजना गर्ने समूहका सदस्य मोलेका मारेगानेले कङ्गोली सैनिकहरूले रेडियो स्टेशन र पूजास्थलमा छ जनाको हत्या गरेको बताएका छन्। अस्पतालका अधिकारीहरूले पनि ३३ जना घाइतेलाई भर्ना गरिएको तथा तीमध्ये तीन जनाको मृत्यु भएको पुष्टि गरेका छन्। आक्रोशित भीडले एक जना प्रहरीलाई पनि मारेको सरकारी अधिकारीहरूले बताएका छन्। 

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सुव्यवस्था कायम गर्न सन् १९९९ देखि तैनाथ शान्ति सेना खनिजको भण्डार पूर्वी कङ्गोमा तैनाथ गरिएको छ। अतिवादीलाई ठेगान लगाउन नसकेकामा शान्ति सैन्य यहाँ निकै आलोचित छ। राष्ट्रसङ्घीय यो शान्ति मिशन  सबैभन्दा ठूलो र महँगो हो। यसको वार्षिक बजेट चार अर्ब अमेरिकी डलर छ। शान्ति मिशनमा १६ हजार सैनिक छन्। 

प्रकाशित: Aug 30, 2023| 21:40 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्