बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • प्रधानमन्त्री निवास घेर्न गएका शिक्षकसँग प्रहरीको घम्साघम्सी [तस्बिरहरू]

प्रधानमन्त्री निवास घेर्न गएका शिक्षकसँग प्रहरीको घम्साघम्सी [तस्बिरहरू]

विभिन्न पेसागत माग राखेर प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न पुगेका शिक्षकहरू गिरफ्तार भएका छन्।
 |  शुक्रबार, साउन २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०७८

काठमाडौं– विभिन्न पेसागत माग राखेर प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न पुगेका शिक्षकहरू गिरफ्तार भएका छन्। बिहान धर्ना दिनुअघि टंगालस्थित टंगाल माविमा भेला भएका शिक्षकहरूलाई प्रहरीले धर्नास्थलमा जान नदिई गिरफ्तार गरेको नेपाल शिक्षक संघ काठमाडौं महानगरका अध्यक्ष नारायण गौतमले जानकारी दिए। 

National life

गिरफ्तार गरिएका शिक्षक नेताहरूमा महासंघका सहअध्यक्ष पूर्ण दवाडी, महासचिव लक्ष्मीकिशोर सुवेदी, शिक्षक संघका राष्ट्रिय अध्यक्ष राजेन्द्रराज पौडेल, महासचिव सोमनाथ गिरी, वरिष्ठ उपाध्यक्ष यमपी भुसाल, संघका केन्द्रीय उपमहासचिव सुन्दर पन्त, एकीकृत नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी, विद्यालय कर्मचारी परिषद्का महासचिव प्रदीप श्रेष्ठलगायत छन्। उनीहरुलाई हाँडीगाउँस्थित ट्राफिक प्रहरी वृत्तमा राखिएको छ।

नेपाल शिक्षक महासंघले ३४ बुँदे मागमा सरकारले चासो नदेखाएपछि धर्ना दिन लागेको थियो। धर्नाको तयारीमा रहेका शिक्षकहरूलाई विद्यालयबाटै पक्राउ गरिएको भन्दै शिक्षकसँग सम्बन्धित पेसागत संगठनहरूले आपत्ति जनाएका छन्। 

प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब वृद्धि, गुणस्तरीय शिक्षाको लागि राज्यले कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, संवैधानिक प्रबन्धमा परिवर्तन गर्नुपर्ने लगायतका माग राख्दै महासंघ गत वैशाख २० गतेदेखि महासंघ आन्दोलनरत छ। 


Shivam cement






प्रहरीद्धारा धरपकड









प्रकाशित: Aug 13, 2021| 12:15 शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।