काठमाडौं- एसियाकप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालले चौथो विकेट लिएको छ।
मुल्तान स्टेडियममा टस हारेर बलिङ गरेको नेपालले अघा सलमानको रुपमा चौथो विकेट लिएको हो। सन्दीप लामिछानेको बलमा सलमानलाई कुशल भुर्तेलले क्याच आउट गरेका हुन्।
यसअघि सन्दीपको बलमा मोहमद रिजवानको आउट भएका थिए। रिजवान सन्दीप लामिछानेको बलमा दिपेन्द्र सिंह ऐरीले रन आउट गराएका हुन्।
त्यसैगरी सोमपालको बलमा रोहित कुमार पौड्लले पाकिस्तानका इमाम उलहक ५ रनमा रन आउट गरेका थिए। नेपालका करणले फकर जमानलाई १४ रनमा क्याच आउट गराएका थिए।