शनिबार, वैशाख २९, २०८१

रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासमा टर्की

 |  बुधबार, भदौ १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०

टर्की- रुसी विदेशमन्त्री सेर्गेई लाभरोभको मैत्रीपूर्ण निमन्त्रणामा टर्कीका विदेशमन्त्री हाकान फिदान बिहीबार रुसको भ्रमणमा जाने भएका छन्। विदेशमन्त्री फिदानले गत साता युक्रेनी अधिकारीहरूसँग वार्ता गरेपछि उनको मस्को भ्रमण घोषणा भएको हो । 

triton college

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगान पनि  सुरक्षित रुपमा खाद्यान्न ढुवानी गर्ने वातावरण मिलाउन तथा यसअघि भएको त्रिपक्षीय सम्झौतालाई पुनर्जीवित गर्ने सम्बन्धमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न चाँडै रुसको भ्रमणमा जाने जनाएको छ। 

रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले विदेशमन्त्री लाभरोभ र हाकान फिदानबीच युक्रेन, सिरिया, लिबियालगायत मामिलाबारे छलफल गर्ने बताएकी छन् । 

राष्ट्रपति एर्दोगानले मस्को र किएभसँगको आफ्नो राम्रो सम्बन्धलाई सदुपयोग गर्दै दुवै पक्षलाई औपचारिक शान्ति वार्तामा ल्याउने प्रयास गरेका छन्। उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) सदस्य टर्कीले गत वर्ष द्वन्द्व सुरु भएपछि रुस, युक्रेन र राष्ट्रसङ्घ सम्मिलित युक्रेनी बन्दरगाहहरूबाट अन्न ढुवानी गर्नेसम्बन्धी सम्झौता गराउन अहम् भूमिका निर्वाह गरेको थियो। केही समयअघि रुसले एकपक्षीय रुपमा उक्त सम्झौताको म्याद स्वतः समाप्त भएको घोषणा गरेको थियो।

प्रकाशित: Aug 30, 2023| 21:00 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्