आइतबार, मंसिर १७, २०८०

कस्तो होला बलिउडमा आमिरको कमब्याक ?

 |  बुधबार, भदौ १३, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०

sagarmatha cement

बलिउड अभिनेता आमिर खानको कमब्याक तय भएको छ। सन् २०२४ को क्रिसमसमा उनको फिल्म रिलिज हुने पक्का भएको हो। ‘लाल सिंह चड्डा’ बक्स अफिसमा असफल भएपछि आमिरले अभिनयबाट केही समयका लागि विश्राम लिएका थिए।

अब भने दर्शकले आमिरको नयाँ फिल्म सन् २०२४ को डिसेम्बर २० मा हेर्न पाउनेछन्। उनले यसबाहेक अन्य फिल्मका लागि पनि काम गरिरहेको जनाइएको छ। आमिर खान प्रोडक्सनले निर्माण गर्ने यो फिल्म उनको होम प्रोडक्सनको १६ औं फिल्म हुनेछ। यो फिल्म अहिले प्रि-प्रोडक्सन चरणमा छ।

सन् २०२४ को जनवरीमा छायांकन सुरु हुने तयारी छ। यसबाहेक आमिरले स्पेनी फिल्म ‘क्याम्पियोन्स’को हिन्दी रिमेक पनि बनाउनेछन्। उनले ‘जय जय जय हे’को रिमेक, प्रीतम प्यारे, लापता लेडीज र लभ टुडेको निर्माण पनि गरिरहेका छन्। हालै उनले उज्वल निकमको बायोपिक निर्माण गर्न म्याडक फिल्म्सका दिनेश विजनसँग सहकार्य गरिरहेको खबर आएको थियो।

प्रकाशित: Aug 30, 2023| 18:30 बुधबार, भदौ १३, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्