बुधबार, भदौ १७, २०८३

एसिया कप किक्रेट

टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्दै पाकिस्तान

 |  बुधबार, भदौ १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०

एसिया कप क्रिकेटमा पाकिस्तानले टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्ने भएको छ। पाकिस्तानको मूल्तानमा भर्खरै टस जितेपछि पाकिस्तानका कप्तान बाबर आजमले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

एकदिवसीय क्रिकेटको विश्व नम्बर एक पाकिस्तानले नेपालविरुद्ध खेल्ने प्लेइङ ११ को घोषणा मंगलबार नै गरेको थियो। बाबर आजमको कप्तानीमा रहेको पाकिस्तानी टोलीमा सादाब खान, फकर जमान, इमाम उल हक, सलमन अली आगा, इफ्तिकार अहमद, मोहम्मद रिजवान, मोहम्मद नवाज, नसीम शाह, शाहीन शाह अफ्रिदी र हरिस रउफ छन्।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, गुलसन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सन्दीप लामिछाने छन्।

प्रकाशित: Aug 30, 2023| 15:06 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्