बुधबार, वैशाख १०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एसिया कप खेल्ने टोलीसँग प्रधानमन्त्रीको भर्चुअल संवाद, दिए अग्रिम जितको शुभकामना

एसिया कप खेल्ने टोलीसँग प्रधानमन्त्रीको भर्चुअल संवाद, दिए अग्रिम जितको शुभकामना

प्रधानमन्त्री प्रचण्डले पाकिस्तानमा रहेको नेपाली क्रिकेट टोलीसँग भर्चुअल बैठक गर्दै जितका लागि अग्रिक शुभकामना दिएका हुन्।
 |  बुधबार, भदौ १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०

vianetvianet

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टोलीलाई जितका लागि शुभकामना दिएका छन्। आज बिहान पाकिस्तानमा रहेको नेपाली क्रिकेट टोलीसँग भर्चुअल बैठक गर्दै उनले जितका शुभकामना व्यक्त गरेका हुन्।

triton college

प्रधानमन्त्री प्रचण्डले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रको विकास र खेलाडीको हितका निम्ति आफूले हमेसा ध्यान दिँदै आएको बताए।

बैठकमा नेपाली टोलीका क्याप्टेन रोहित पौडेलले आफ्नो टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज घरेलु टोली पाकिस्तानसँग खेल्दै छ। १६औं संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा आज दिउँसो ३ः१५ बजे हुनेछ।

प्रकाशित: Aug 30, 2023| 14:24 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्