मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एकदिवसीय विश्व वरीयतामा पहिलो पाकिस्तानसँग क्रिकेट खेल्दै नेपाल

एकदिवसीय विश्व वरीयतामा पहिलो पाकिस्तानसँग क्रिकेट खेल्दै नेपाल

नेपाली क्रिकेट टोली एकदिवसीय वरीयतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग खेल्ने तयारीमा जुटेको छ।
 |  बुधबार, भदौ १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०

काठमाडौं– एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज घरेलु टोली पाकिस्तानसित खेल्दै छ। सोह्रौं संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा आज दिउँसो ३ः१५ बजे हुनेछ।

National life

नेपाली क्रिकेट टोली एकदिवसीय वरीयतामा विश्वको नम्बर एक राष्ट्र पाकिस्तानसँग खेल्ने तयारीमा जुटेको छ। नेपाल र पाकिस्तानबीच आज पहिलो भेट हुनेछ। एसिया कप पाकिस्तान र श्रीलंकाले सञ्चालन गर्दैछन्।

गत वैशाखमा सम्पन्न एसिसी प्रिमियर कपमा च्याम्पियन बनेपछि नेपाल एसिया कपका लागि छनोट भएको हो। उक्त प्रतियोगिताको फाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो। 

एसिया कपमा १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछन् भने बाँकी ९ खेल श्रीलंकामा हुनेछन्। प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहनेछ। दुई समूहमा विभाजन गरिएको उक्त प्रतियोगिताको समूह ‘ए’ नेपाल, भारत र पाकिस्तान तथा  समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।

नेपालले पाकिस्तानविरुद्धको खेलपछि समूह चरणको दोस्रो खेल भारतसँग १८ भदौ श्रीलंकामा खेल्नेछ।

Laxmi sunrise bank
kumari

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन्।

प्रकाशित: Aug 30, 2023| 12:34 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्