फाइल तस्बिर
काठमाडौं- पल्सर साहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत दोस्रो चरणका खेलहरुमा आज (आइतबार) पनि सदाझै दुई खेल हुदै छन् । आज दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछन् । हरेक दिनझै पहिलो खेल ११ बजे र दोस्रो खेल २:३० बजे सुरु हुनेछ ।
पहिलो खेलमा मछिन्द्रले नेपाल पुलिस क्लबको सामना गर्ने छ भने दोस्रो खेलमा दुई ललितपुरे क्लब थ्री स्टार र ब्रिगेड ब्वाइज आमनेसामने हुनेछन् । उपाधि दाबेराको रुपमा हेरियको पुलिस आफ्नो दोस्रो जितको खोजीमा मैदानमा उत्रिदै छ भने मछिन्द्र आफ्नो पहिलो जितको खोजीमा हुने छ ।
पहिलो चरणको खेलमा पुलिसले जावला खेल युथ क्लबलाई १-० ले पराजित गर्दै लिगमा आफ्नो पहिलो जित निकालेको थियो । त्यस्तै मछिन्द्रले आफ्नो पहिलो चरणको खेलमा च्यासल युथक्लबसँग गेल गरिह बराबरी खेल्दै अंकथालिकामा १ अंक जोडेको थियो ।
आइतबार नै हुने दोस्रो खेल निकै नै रोमाञ्चक हुने छ । लिगको पहिलो दाबेबार मानिएको थ्री स्टार राष्ट्रिय खेलाडीले भरिपुर्ण छ । आफ्नो पहिलो खेलमा फ्यान्डस क्ललाई २-१ ले पराजित गरेको थ्री स्टार दोस्रो खेलमा पनि ब्वाइजलाई पराजित गर्दै महत्वपुर्ण तीन अंक जोड्ने दाउमा छ ।
यता ब्रिगेड ब्वाइज भने लिगमा आफ्नो पहिलो जितको खोजीमा छ । पहिलो खेल मनाङ मस्र्याङ्दीसँग ३-१ ले पराजित हुदै ब्रिगेड ब्वाइजले खराब सुरुवात गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४