मंगलबार, भदौ २४, २०८२

'गदर २ र ‌ओएमजी २ ले कति कमाए नेपालमा ?

 |  मंगलबार, भदौ १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १२, २०८०

vianetvianet

भारतीय बक्स अफिसमा उछाल कमाइरहेको बलिउड फिल्म ‘गदर २’ ले नेपालमा भने सन्तोषजनक कमाइ गरेको छ। चलचित्र विकास बोर्डका अनुसार फिल्मले आइतबारसम्म नेपालमा ६ करोड १३ लाख रुपैयाँ ग्रस कमाएको छ।

Kumaribank

सनी देओल स्टारर यो फिल्म पछिल्लो सप्ताहन्त ५० प्रतिशत हाराहारीको अकुपेन्सीसहित प्रदर्शनरत थियो। भारतीय बक्स अफिसमा भने यसले आइतबारसम्म ४५० करोड नेट भारु कमाएको छ। योसँगै भारतीय बक्स अफिसमा सबैभन्दा छिटो ४५० करोड भारु कमाउने हिन्दी फिल्म समेत बनेको छ।

अक्षय कुमार स्टारर फिल्म ‘ओएमजी २’ ले नेपाली बक्स अफिसमा आइतबारसम्म दुई करोड ५० लाख ग्रस कमाएको छ। एकैदिनमा रिलिज भएको ‘गदर २’ भन्दा ‘ओएमजी २’को कमाइ आधा छ। अर्को बलिउड फिल्म ‘ड्रिमगर्ल २’ ले पनि नेपालमा सुखद् कमाइ गरिरहेको छ।

समीक्षात्मक रुपमा राम्रो भए पनि नेपाली फिल्म ‘जुलेबी’ र ‘महानगर’ले व्यावसायिक पक्षमा कमजोर व्यापार गरेका छन्। यी दुवै फिल्मलाई यतिबेला हलले उतारिसकेका छन्।

प्रकाशित: Aug 29, 2023| 20:20 मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्