काठमाडौं– सत्तारुढ दल नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। आज शुक्रबार दिउँसो ३ बजे पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक बस्न लागेको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए।
पछिल्लो राजनीतिक घटनाक्रम र सरकारमा सहभागी हुने थप मन्त्रीहरूको नाम टुंगो लगाउने विषयमा आजको स्थायी कमिटीको बैठकमा छलफल हुने बताइएको छ। असार २९ गते सर्वोच्च अदालतको फैसलासँगै शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको एक महिना पुगिसकेको छ।
तर, मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने थप मन्त्रीहरूको बारेमा अझै टुंगो लगाउन सकिरहेको छैन। आजको बैठकमा यस विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ।