शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • फुकुशिको पानी निकासबारे अफवाह फैलाइएको भन्दै चिनियाँ राजदूतसँग जापानद्वारा सोधपुछ

फुकुशिको पानी निकासबारे अफवाह फैलाइएको भन्दै चिनियाँ राजदूतसँग जापानद्वारा सोधपुछ

 |  सोमबार, भदौ ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ११, २०८०

टोकियो- जापानले फुकुशिमा आणविक ऊर्जा केन्द्रबाट पानी छोडेपछि स्थानीय व्यवसायीलाई चीनले गरेको आह्वानको विरोधमा सोमबार चिनियाँ राजदूतसँग सोधपुछ गरेको छ। 

National life

उपविदेशमन्त्री मासाटाका ओकानोले राजदूत वु जियाङहाओलाई चीनले ‘वैज्ञानिक प्रमाणमा आधारित नभएको सूचना उपलब्ध गराएर अनावश्यक रूपमा जनताको चिन्ता उठाउनुको साटो जनतालाई उचित जानकारी दिनुपर्ने’ बताएका छन्। 

टोकियो र संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले जापानले फुकुशिमा प्लान्टबाट चिसो पानी छोड्न थालेपछि गत साता चीनले आफ्नो छिमेकी मुलुकबाट आयात हुने सबै समुद्री खानामा प्रतिबन्ध लगाएको थियो।

त्यसयता बेकरीदेखि एक्वेरियमसम्मका जापानी व्यवसायहरूले चिनियाँ नम्बरहरूबाट कहिलेकाहीं अपमानजनक 'क्रैङ्क कल'हरू प्राप्त गरेका जापानी अधिकारीले बताएका छन्।

चीनमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यी कलहरूको रेकर्डिङ र भिडियोहरू पोस्ट गरेका छन्, जसमध्ये केहीले दशौं हजार लाइक र ठूलो सङ्ख्यामा टिप्पणीहरू आकर्षित गरेका छन्।

Laxmi sunrise bank
kumari

'फुकुशिमाको पानी समुद्रमा छोड्न सुरु भएदेखि नै यस बारेमा धेरै फोन कलहरू र अन्य उत्पीडनहरू भएका छन् जुन चीनबाट सम्प्रेषित भएको आशंका गरिएको छ। त्यसयता स्थितिमा सुधार आएको छैन,' ओकानोले वुसँग भने।

उनले भने, 'चीनमा पनि जापानसँग सम्बन्धित सुविधाविरुद्ध यस्ता थुप्रै घटना भइरहेका छन्। यो अत्यन्त खेदजनक छ र हामी गम्भीरपमा चिन्तित छौं।'

जापानको दूतावासले चीनमा रहेका दशौं हजार जापानीलाई लो प्रोफाइल राख्न र सार्वजनिक स्थलमा चर्को स्वरमा नबोल्न आग्रह गरेको छ। दूतावासले सोमबार चीनस्थित जापानी विद्यालय र कूटनीतिक नियोगबाहिर सुरक्षा व्यवस्था बढाएको जनाएको छ।

जापानी सञ्चारमाध्यमका अनुसार जापानी विद्यालयमा ढुङ्गा र अण्डा फ्याँकिएका थुप्रै घटना भएका छन्। सुनामीले विश्वको सबैभन्दा खराब आणविक दुर्घटनामध्ये एकमा तीन रिएक्टरहरू ध्वस्त पारेको १२ वर्षपछि जापानले फुकुशिमाबाट ५०० भन्दा बढी ओलम्पिक स्विमिङ पुलको क्षमता बराबरको पानी प्रशान्त महासागरमा छोड्न सुरु गरेको छ। 

प्लान्ट अपरेटर टेप्कोका अनुसार ट्रिटियमबाहेक सबै रेडियोधर्मी तत्वहरू फिल्टर गरिएको छ, जसको स्तर सुरक्षित सीमाभित्र छ। जापानी अधिकारीहरूका अनुसार फुकुसिमा प्लान्टको पानी छोड्न सुरु भएदेखि परीक्षणको नतिजाले यो पुष्टि गरेको छ।

प्रकाशित: Aug 28, 2023| 21:41 सोमबार, भदौ ११, २०८०
प्रतिक्रिया दिनुहोस्