शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अष्ट्रेलियाली प्राज्ञिकको स्वास्थ्य समस्याप्रति कुटनितिज्ञद्वारा चासो व्यक्त, चीनद्वारा आरोपको खण्डन

अष्ट्रेलियाली प्राज्ञिकको स्वास्थ्य समस्याप्रति कुटनितिज्ञद्वारा चासो व्यक्त, चीनद्वारा आरोपको खण्डन

 |  सोमबार, भदौ ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ११, २०८०

काठमाडौं- जासुसीको आरोपमा चीनको जेलमा रहेका एक अष्ट्रेलियाली प्राज्ञको उचित उपचारका लागि अस्ट्रेलियाली एक कुटनीतिज्ञले चासो व्यक्त गरेका छन्। 

National life

चीनमा जन्मेका अस्ट्रेलियाली नागरिक याङ जुन सन् २०१९ देखि चीनविरूद्ध जासुसी गरेको आरोपमा चिनियाँ जेलमा रहेका छन्। याङको स्वास्थ्य समस्याका कारण उनको मृगौलामा फोका बढेको उनलाई हिरासतमा भेट्न आएका अष्ट्रेलियाली कूटनीतिज्ञहरूले जानकारी गराएका छन्। 

'यदि मेरो स्वास्थ्यमा केही भयो र म यहीँ मर्छु भने बाहिरका मानिसहरुले सत्य थाहा पाउने छैनन्,' उनले आफ्ना साथीहरु र समर्थकहरूसँग हालै शेयर गरेको एक पत्रमा भनेका छन्। उनले भने, 'यदि मलाई केही भयो भने, मेरो लागि कसले बोल्न सक्छ?' सन् २०१७ मा चिनियाँ अधिकारीहरूले हिरासतमा लिएर सोधपुछ गरिएका राजनीतिशास्त्री फेङ चोङयीले आफ्नो साथीको स्वास्थ्यलाई लिएर आफू चिन्तित भएको बताएका हुन्। 

उनले भने, 'यी जेल वा डिटेन्सन सेन्टरले उचित उपचार प्रदान गर्न सक्दैनन्। यसले मलाई निकै चिन्तित बनाएको छ। उनीहरूले ‘सिस्ट’ हटाउनका लागि ठूलो अपरेशन गर्ने कुरा गर्दा पनि उहाँको जीवनलाई खतरामा पार्न सक्छ। जासुसीको आरोप अस्वीकार गर्दै आएका याङलाई सन् २०१९ को जनवरीमा चीन फर्कने क्रममा पक्राउ गरिएको थियो। 

याङ हेङजुन उपनामले चिनिने लेखकले यसअघि आफ्ना समर्थकलाई गोप्य हिरासतस्थलमा यातना दिइएको र आफूविरुद्ध जबर्जस्ती स्वीकारोक्ति गर्न दवाव दिन सकिने आशंका व्यक्त गरेका थिए। 

Laxmi sunrise bank
kumari

सन् २०२१ को मध्यतिर बेइजिङमा उहाँको बन्द कोठामा सुनुवाइ भएको थियो र याङ अझै पनि फैसलाको पर्खाइमा हुनुहुन्छ। अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोङका प्रवक्ताले सोमबार आफ्नो देशका एक प्राज्ञको मामिलामा भइरहेको ढिलाइप्रति सरकारको गम्भीर चिन्ता रहेको बताएका छन्। 

यसैबीच, बेइजिङले सोमबार चीन कानुनद्वारा शासित देश भएको बताएको छ। विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित मिडिया ब्रिफिङमा भने, 'चिनियाँ न्यायिक अधिकारीहरूले यस मुद्दालाई कानूनअनुसार कडाईका साथ हेरिरहेका छन्। हामीले भ्रमणलगायत अस्ट्रेलियाली पक्षको कन्सुलर अधिकारको पूर्ण सम्मान र संरक्षण गरिरहेका छौं।'

प्रकाशित: Aug 28, 2023| 20:45 सोमबार, भदौ ११, २०८०
प्रतिक्रिया दिनुहोस्