मंगलबार, चैत १७, २०८२

पुष्पलाल स्मृती ब्याडमिन्टन : सातौं पटक रत्नजित च्याम्पियन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ्ग पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिताको लगातार सातौ पटक च्याम्पियन भएका छन् । शनिबार सम्पन्न योनेक्स सनराईज आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा एपिएफका दिपेश धामीलाई २१-११, २१-१६ को सहज जितसँगै रत्नले सातौं पटकको विजयी ईतिहास रच्न सफल भएका हुन् । 

तामाङ्गले नगद ५० हजार हात पारे । उपविजयी दिपेशले नगद २० हजार, तेश्रो स्थान हात पार्ने सेनाका नविन श्रेष्ठ र रुकेश महर्जनले नगद १०-१० हजारका साथ ट्रफि मेडल र प्रमाण पत्र हात पारे ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकल तर्फको खेलम सेनाकी नङ्गशल देवी तामाङ्गले सेनाकै रशिला महर्जनमाथि जित निकाल्दै पुनरागमन गरेकी छिन् । अघिल्लो संस्करणमा जेशिका गुरुङ्गसँग पराजित भएकी नङ्गशलले महर्जनलाई २२-२०, १५-२१ र २१।१८ ले पाखा लगाईन् । 

तामाङ्गले ५० हजार र उपविजेता महर्जनले २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । एपिएफका शोभा गौचन र जेशिका गुरुङ्गले तेश्रो स्थान हात पार्दै नगद १०।१० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

नेपाल खेलकुद महासंघ अन्तरगत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको पुरुष युगल तर्फ सेनाका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडी विजयी भयो । रत्न र नविनको जोडीले एपिएफका दिपेश धामी र बिजित थापा मगरको जोडीमाथि २२।२०, २०।२२ र २१-११ को कठिन जित निकाल्दै उपाधी जिते । 

तेश्रो स्थानमा सेनाका रुकेश महर्जन र प्रफुल महर्जन तथा एपिएफका गौतम कठायत र सुनिल जोशीको जोडी रहे । शिर्ष तीन स्थान प्राप्त गर्ने जोडीले नगद २०, १० र ५ हजारका साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

महिला युगल तर्फ एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङ्गको जोडीले उपाधी हात पार्यो । विजयी जोडीले नगद २० हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । यु-१७ ब्वाईज तर्फ दुवई जुनियर अन्तराष्ट्रिय सेरिजमा स्वर्ण पदकधारी सिल्क ग्रुपका प्रिन्स दाहालले सेनाका दिवस शंकरलाई पराजित गरे । दाहालले नगद १५ हजार दोश्रो स्थानका दिवसले ७ हजार, तेश्रो स्थानमा रहेका जेष्टका प्रियान्सु सिंह क्षेत्री र पेम्बा शेर्पाले नगद ५-५ हजार प्राप्त गरे ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।