मंगलबार, चैत १७, २०८२

‘ए’ डिभिजन लिग : आर्मीसँग च्यासल पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबार भएको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजय भएको छ । च्यासल युथ क्लबलाई १-० ले पराजित गर्दै आर्मी विजय भएको हो ।  

लिगको आफ्नो पहिलो खेलमा न्युरोड टिम एनआरटीसँग २-२ गोलको बराबरी खेलेको आर्मीको यो पहिलो सिजत हो । हलचोकस्थित सशत्र प्रहरी बल (एपीएफ)को खेल मैदानमा भएको खेलमा विभागीय टोली त्रिभुवन आमीको जितका लागि खेलको एक मत्र निर्णायक गोल विकास खवासले गरेका थिए । 

उनले कर्नरबाट आएको सिधा पासलाई हेडर मार्फत सोझै गोलमा परिणत गरेका थिए । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको १६ मिनेटमा च्यासल युथ क्लबका अमित श्रेष्ठको प्रहार आर्मीका गोल रक्षक विकेश कुथुले बिफल पारी दिएका थिए । 

दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरे पनि च्यासलले गोल गर्न सकेन र खेल १-० ले गुमायो । ६३ औ मिनेटमा आर्मीका दिनेश हेम्जनको खाली पोस्टमा गोल गर्न चुके । 

गोलकपिर बिट भएको अवस्थामा ढिलो गरि उनले प्रहार गरेको बल च्यासलका डिफेन्डर देबेन्द्र तामाङले गोल लाईनबाट रोकेका थिए । राष्ट्रिय टिमका युवा स्ट्राईकर विमल घर्तिमगर र घरेलु क्लब फुटबलका सर्वाधिक सफल स्ट्राईकर सन्तोष साहुखलले च्यासलको अग्रपङ्ती सम्हालेपनि गोल गर्न सकेनन् । 

जितपछि आर्मीले २ खेलबाट ४ अंक जोडेको छ । त्यस्तै यता च्यासल युथ क्लबले आफ्नो पहिलो खेलम मछिन्द्र क्लबसँग गोलरहित बराबरी खेल्दै १ अंक जोडेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।