बिहीबार, कात्तिक २७, २०८२

'गदर २' ले तोड्यो 'केजीएफ २' को कीर्तिमान

 |  सोमबार, भदौ ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ११, २०८०

बलिउड फिल्म ‘गदर २’ले ‘केजीएफ २’को कीर्तिमान तोडेको छ। फिल्मले शनिबार भारतमा १३.७५ करोड भारु कमाएको थियो। योसँगै फिल्मको कुल कलेक्सन ४३९.९५ करोड भारु पुगेको छ। योसँगै ‘गदर २’ भारतीय बक्स अफिसमा सबैभन्दा धेरै कमाउने तेस्रो हिन्दी फिल्म बनेको छ।

National life

फिल्मले रिलिज भएको १६ दिनमै यस्तो उपलब्धि हासिल गरेको हो। ‘केजीएफ २’ को हिन्दी संस्करणले ४३४.७० करोड भारुको लाइफटाइम कलेक्सन गरेको थियो। अर्कोतर्फ आयुष्मान खुरानाको फिल्म ‘ड्रीम गर्ल २’ले पनि शनिबार १४.०२ करोड भारु कमाएको छ। दुई दिनमा फिल्मको कमाइ २४.७१ करोड भारु पुगेको छ।

‘गदर २’ सामु अब ‘बाहुबली २’ (हिन्दी संस्करण) र शाहरुख खानको ‘पठान’को कलेक्सनलाई उछिन्नुपर्ने चुनौती छ। ‘पठान’ले ५४३ करोड भारु कमाएको थियो भने ‘बाहुबली २’ को हिन्दी संस्करणले ५१० करोड भारुको लाइफटाइम कलेक्सन गरेको थियो।

तेस्रो हप्तामा पुगे पनि यो फिल्मको क्रेजमा भने कमी आएको छैन। यो फिल्म चार हजार स्क्रिनमा चलिरहेको भए पनि नयाँ फिल्मको तुलनामा यसको कमाइ राम्रो छ। ‘गदर २’ को कमाइ हेर्दा बलिउड लयमा फर्किएजस्तो देखिन्छ।

पछिल्लो तीन वर्ष हिन्दी फिल्मका लागि राम्रो रहेन। यो वर्ष तालिका फेरिएको छ। पठान र गदर २ ले मात्रै करिब एक हजार करोड कलेक्सन गरे। आयुष्मान खुरानाको ‘ड्रीम गर्ल २’ ले पनि बक्स अफिसमा राम्रो कमाइ गरेको छ।
शाहरुखको फिल्म ‘जवान’ अर्को महिना रिलिज हुँदैछ। प्रतिक्रिया राम्रो भएमा फिल्मले सहजै ३०० करोडसम्म कलेक्सन गर्न सक्छ।

Laxmi sunrise bank
kumari

‘गदर २’ ले विदेशमा पनि राम्रो व्यापार गरिरहेको छ। फिल्मले विश्वभर ५७२.२० करोड भारुभन्दा बढी कमाइ गरेको छ। फिल्मले अष्ट्रेलिया, जर्मनी, अमेरिका, बेलायतलगायत देशमा राम्रो व्यापार गरिरहेको छ। निर्देशक अनिल शर्माले ‘गदर २’ ले एक हजार करोड भारु कमाउन सक्ने बताएका छन्।

प्रकाशित: Aug 28, 2023| 19:49 सोमबार, भदौ ११, २०८०
प्रतिक्रिया दिनुहोस्