शनिबार, असार १३, २०८३

एसिया कप खेल्न पाकिस्तान उडे सन्दीप

नबालिगमाथि बलात्कार आरोपको मुद्दा खेपिरहेका सन्दीप आइतबार जिल्ला अदालत काठमाडौंमा पेशी भएका कारण पाकिस्तान जान पाएका थिएनन्। 
 |  सोमबार, भदौ ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ११, २०८०
National life
Shivam cement

काठमाडौं– क्रिकेटर सन्दीप लामिछाने एसिया कप प्रतिस्पर्धामा खेल्न पाकिस्तान उडेका छन्। आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाकिस्तान उडेका हुन्। 
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ सन्दीपलाई बिदाइ गर्न विमानस्थल पुगेका थिए।

नबालिगमाथि बलात्कार आरोपको मुद्दा खेपिरहेका सन्दीप आइतबार जिल्ला अदालत काठमाडौंमा पेशी भएका कारण पाकिस्तान जान पाएका थिएनन्।

आइतबार सन्दीपविरुद्धको मुद्दा पेशीमा चढे पनि सुनुवाइ सुरु नभएपछि उनी आज पाकिस्तान गएका हुन्। राष्ट्रिय क्रिकेट टोलीका अन्य सदस्य ५ भदौमा पाकिस्तान पुगिसकेका छन्। नेपालले बुधबार पाकिस्तानसँग र बिहीबार  भारतसँग खेल्ने कार्यतालिका छ।

प्रकाशित: Aug 28, 2023| 10:37 सोमबार, भदौ ११, २०८०
प्रतिक्रिया दिनुहोस्