शुक्रबार, साउन ८, २०८३

‘ए’ डिभिजन लिग : पहिलो हाफमा आर्मीको अग्रता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबारको जारी दोस्रो खेलको पहिलो हाफ विभागीय टोली त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबविरुद्ध १-० ले अग्रता लिएको छ । 

हलचोकस्थित सशत्र प्रहरी बल (एपीएफ)को खेल मैदानमा सुरु भएको खेलमा विभागीय टोली त्रिभुवन आमीले १-० को अग्रता लिएको हो ।

पहिलो हाफको २९ औं मिनेटमा आर्मीका विकास खवासले हेडर मार्फत गोल गर्दै पहिलो हाफमा १-० ले अग्रता दिलाएका हुन् । उनले कर्नरबाट आएको सिधा पासलाई हेडर मार्फत सोझै गोलमा परिणत गरेका थिए । 

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको १६ मिनेटमा च्यासल युथ क्लबका अमित श्रेष्ठको प्रहार आर्मीका गोल रक्षक विकेश कुथुले बिफल पारी दिएका थिए । शारिरिक रुपमा बलियो आर्मी र प्राविधिक रुपमा स्तरीय च्यासल प्रतियोगितामा पहिलो जितको खोजिमा छन् ।

लिगको उद्घाटन खेलमा बलियो मानिएको आर्मीले न्युरोड टिम एनआरटीसँग २-२ गोलको बराबरी खेलेको थियो । त्यस्तै यता च्यासल युथ क्लबले पनि मछिन्द्र क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।