शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • पश्चिम बंगालमा अवैध पटाका कारखानामा विष्फोट हुँदा ५ जनाको मृत्यु

पश्चिम बंगालमा अवैध पटाका कारखानामा विष्फोट हुँदा ५ जनाको मृत्यु

 |  आइतबार, भदौ १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १०, २०८०

नयाँ दिल्ली- भारतको पश्‍चिम बंगालको उत्तर २४ परगना जिल्लाको दत्तापुकुरमा रहेको अवैध पटाका उत्पादन कारखानामा विस्फोट हुँदा कैयौँ व्यक्तिको मृत्यु भएको आशङ्का गरिएको छ। 

उद्धार अधिकारीहरूले घटनामा हताहत भएको पुष्टि गर्दै पटाका उत्पादन गर्ने कारखाना रहेको भग्नावशेषको थुप्रोबाट पाँच जनाको शव निकालिएको बताएका छन्। 'अहिलेसम्म पाँच जनाको शव निकालिएको छ,' अग्नि नियन्त्रण कार्यालयका एक अधिकृत आशिष घोषले बताए। 

दत्तपुकुरस्थित प्रहरी स्रोतका अनुसार विस्फोटमा परी अरु कैयौँको मृत्यु भएको र घाइते भएको आशंका गरिएको छ। यो समाचार तयार पार्दासम्म उद्धार कार्य जारी रहेको छ। घाइतेहरुलाई बारासातको एक अस्पतालमा लगिएको अधिकारीहरूले बताएका छन्। 

प्रकाशित: Aug 27, 2023| 20:28 आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्