मंगलबार, पुस १, २०८२

विश्वको नम्बर एक क्रिकेट टिमसँग खेल्दै नेपाल

 |  आइतबार, भदौ १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १०, २०८०

अफगानिस्तानविरूद्धको एकदिवसीय सिरिज ३-० ले जितेसँगै पाकिस्तान एकदिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिएको छ।  पाकिस्तानले अस्ट्रेलियालाई पछि पार्दै शीर्ष वरीयतामा उक्लिएको हो।

National life

पाकिस्तानका कप्तान बाबर अजाम एकदिवसीय ब्याट्सम्यानको वरीयतामा शीर्ष स्थानमा छन्। यस्तै ओपनर इमाम उल-हक वरीयताको तेस्रो स्थानमा छन्।

विश्व वरीयताको शीर्ष स्थानमा रहेको तथा उत्कृष्ट तीन मध्ये दुई ब्याट्सम्यान रहेको पाकिस्तानसँग १५औं वरीयताको नेपालले बुधबार प्रतिस्पर्धा गर्दैछ। एसिया कप २०२३ को उद्‌घाटन खेलमा पाकिस्तानसँग खेल्दा नेपालले इतिहास बनाउनेछ। नेपालले विश्वको शीर्ष वरीयताको टिमसँग पहिलो पटक खेल्नेछ।

एसिया कपमा भिड्नुअघि अहिले नेपाल पाकिस्तानको कराँचीमा अन्तिम तयारी गरिरहेको छ। त्यहाँबाट घरेलु टिम पाकिस्तानसँगको खेलका लागि नेपाली टिम मुल्तान पुग्नेछ। एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालले पाकिस्तान र भारतसँग भिड्नेछ।

एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलंकामा हुँदैछन्। भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि खेल श्रीलंकामा हुन लागेका हुन्।

Laxmi sunrise bank
kumari

एसिया कपको पहिलो पहिलो खेल अगस्ट ३० मा (भदौ १३) पाकिस्तानसँग खेलेपछि नेपाल समूह चरणको दोस्रो खेल खेल्न भने पाकिस्तानबाट श्रीलंका पुग्न पर्नेछ। नेपालले दोस्रो खेलमा भारतविरुद्ध सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकामा खेल्नेछ।

तीन-तीन टिमको समूहबाट शीर्ष दुई दुई टिम गरी चार टिमले सुपर फोर खेल्नेछन्। सुपर फोर पछि एसिया कपको फाइनल सेप्टेम्बर १७  (भदौ ३१) मा हुनेछ।

प्रकाशित: Aug 27, 2023| 16:00 आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्