मंगलबार, चैत १७, २०८२

‘ए’ डिभिजन लिग : मनाङसँग एनआरटी पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari


काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबारको पहिलो खेलमा मनाङ मस्र्याङ्दीले न्यू रोड टिम (एनआरटी)माथि विजय भएको छ । मनाङ  एनआरटीमाथि २-० गोल अन्तरले विजय भएको हो । 

पहिलो हाफमा नै भएका दुबै गोल मनाङका लागि अन्जन बिष्ट र विदेशी खेलाडी ओलावाले आफिजले गरेका थिए । मनाङले १७ औं मिनेटमा अन्जन विष्टको गोल मार्फत अग्रता लिएको थियो । 

पेनाल्टी क्षेत्रमा अन्जन विष्टलाई मसुदले लडाएपछि पाएको पेनाल्टीलाई बिष्ट आफैंले गोलमा पयिरण्त गरेका थिए । ४० औं मिनेटमा विदेशी खेलाडी ओलावाले आफिजले गोल गर्दै मनाङकबो अग्रता दोब्बर पारे । उनले डिफेन्सलाई बिट गर्दै वन भर्सेस वनको स्थितिमा पेनाल्टी क्षेत्रभित्रबाट गोल गरे । 

पहिलो हाफको अन्त्यतिर मिनेटमा विमल राना मगरले अन्जनको क्रसमा गरेको हेडर पोस्टमा लागेर फर्केको थियो । दोस्रो हाफमा पनि मनाङले आक्रमक खेल जारी राखेको थियो । तर, थप गोल गर्न भने सकेन् । लगातार दोस्रो जितसँगै मनाङ अंक तालिकाको शीर्ष स्थानमा छ । एनआरटी भने १ अंकसहित मध्य तालिकामा छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।