मंगलबार, पुस १, २०८२

एम्बाप्पेको दुई गोलमा पीएसजीको पहिलो जित

 |  आइतबार, भदौ १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १०, २०८०

किलियान एम्बाप्पेको दुई गोलको मद्दतले पेरिस सेन्ट जर्मेनले लेन्समाथि सहज जित हासिल गरेको छ। लिग वानमा यो सिजन साबिक विजेता टोलीको पहिलो जित हो। 

National life

खेलको पहिलो हाफमा मार्को असेन्सियोले पीएसजीलाई अग्रता दिलाएका थिए। करारको विवादपछि पहिलोपटक खेलको सुरुवात गरेका एम्बाप्पेले दोस्रो हाफको सुरुवातमा नै गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। 

खेलको अन्तिम मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरे। गत हप्ता टोलुजविरुद्धको खेलमा पनि अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गरेर एम्बाप्पेले गोल गरेका थिए।

इन्जुरी समयमा लेन्सका मोर्गन गुइलाभोगुइले सान्तवना गोल गरेपछि खेल ३–१ ले पीएसजीले जित्यो। दुई बराबरी र एक जीतसहित लुइस एनरिकेको टोली लिगमा पाँचौँ स्थानमा उक्लिएको छ।

प्रकाशित: Aug 27, 2023| 06:35 आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्