एजेन्सी- शुक्रबार राति भएको युइएफए नेसन्स लिग फुटबलमा विश्वविजेता फ्रान्स नेदरल्यान्डसँग पराजित भएको छ । नेदरल्यान्डको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा फ्रान्स नेदरल्यान्डसँग २-० ले पराजित भएको हो ।
फ्रानसले दुबै हाफमा एक एक गोल खान पुगेको थियो । नेदरल्यान्डको जितका लागि जर्जिन्हो वाइनाल्डम र मेम्फिस डिपेले एक एक गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली नेदरल्यान्डले पहिलो हाफको ४४ औं मिनेटमा गोल गर्दै विश्व विजेता फ्रान्सविरुद्ध सुरुवाति अग्रता लिएका थियो ।
नेदरल्यान्डले जर्जिन्हो वाइनाल्डमको गोलबाट खेलमा अग्रता लिएको थियो । उनले रायन बाबेलको पासमा गोल गरेको थिए । त्यस्तै मेम्फिस डिपेले इन्जुरी समयमा गोल गर्दै नेदरल्यान्डलाई २-० को जित दिलाए ।
सिसोकोले डि-बक्समा डि जङलाई लडाएपछि नेदरल्यान्डले पेनाल्टीको मौका पाएको थियो । विश्वविजेता फ्रान्सले नेदरल्यान्डसामु राम्रो खेल्न नसक्दा पराजित हुन पुग्यो । जितपछि नेदरल्यान्डले समूह १ बाट प्ले अफमा प्रवेश गरेको छ ।
नेदरल्यान्डको ३ खेलबाट ६ अंक पुगेको छ । हारपछि पनि ७ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको फ्रान्सले प्ले अफमा प्रवेश गर्दा १ अंक जोडेको जर्मनी रेलिगेसनमा परेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४