आइतबार, असार २९, २०८२

धरान शान्त, इटहरीमा कोलाहल

 |  आइतबार, भदौ १०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १०, २०८०

vianetvianet

सामाजिक सञ्जालमार्फत आह्वान गरिएको प्रदर्शनले सामाजिक सद्भाव खल्बलिन नदिन स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाका कारण शनिबार धरान उपमहानगर क्षेत्र शान्त रह्यो।

धार्मिक समूहले शनिबार धरानमा प्रदर्शनका लागि आह्वान गरेपछि सम्भावित जोखिम रोक्न प्रशासनले शुक्रबार राति १२ बजेदेखि उपमहानगरका २० वटै वडामा शनिबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो।

इटहरी क्षेत्रमा प्रदर्शन भए पनि धरानमा कुनै किसिमको सभा तथा प्रदर्शन भएन। प्रहरी प्रशासन, राजनीतिक दल, बुद्धिजीवी र पूर्व नगर प्रमुखहरूले विवेकपूर्ण भूमिका निर्वाह गर्दा शनिबार धरानमा अप्रिय घटना हुन पाएन। इटहरीमा प्रदर्शन गर्ने समूहले तरहरामा कोणसभा गरेको थियो।

शुक्रबार राजनीतिक दल, पूर्वनगर प्रमुखहरू र उपमहानगर प्रमुख हर्कराज राईले सामाजिक सद्भाव कायम राख्न आह्वान गरेका थिए। धरानका एक दर्जन राजनीतिक दलले संयुक्त विज्ञप्ति निकालेका थिए भने पूर्व नगर प्रमुखहरूले पनि धरानको सामाजिक सद्भाव खल्बलिन नदिन संयुक्त रूपमा आह्वान गरेका थिए।

शुक्रबार नै स्थानीय जातीय संघसंस्था, नागरिक अगुवाहरूले झरीका बीच सद्भाव र्‍याली निकालेर सामाजिक एकताको सन्देश दिएका थिए।
 

प्रकाशित: Aug 27, 2023| 05:39 आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्