शनिबार, असार १३, २०८३

खेलाडीलाई किस गरेका स्पेन फुटबल फेडेरेसन अध्यक्ष निलम्बित 

 |  शनिबार, भदौ ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ९, २०८०
National life
Shivam cement

स्पेनको फुटबल फेडेरेसनका अध्यक्ष लुई रुबियालेज निलम्बनमा परेका छन्। फिफा अनुशासन कमिटीले उनलाई निलम्बन गरेको हो। 

स्पेनकी महिला फुटबल खेलाडी जेनी हरमोसोलाई किस गरेको आरोपमा लुई निलम्बनमा परेका हुन्। लुईले आफ्नो सहमति नलिई किस गरेको आरोप ती खेलाडीको छ। लुईलाई नहटाए आफूहरु मैदान नउत्रिने चेतावनी महिला खेलाडीहरुले दिएपछि फिफाले उनलाई निलम्बन गरेको बीबीसीले जनाएको छ।

गत बिहीबार महिला वर्ल्डकपको फाइनलमा स्पेनले बेलायतलाई हराएको थियो। त्यही क्रममा लुईले जेनीलाई किस गरेका थिए। 

प्रकाशित: Aug 26, 2023| 19:10 शनिबार, भदौ ९, २०८०
प्रतिक्रिया दिनुहोस्