शुक्रबार, साउन ८, २०८३

अर्जेन्टिनाले मेक्सिकोलाई २-० पराजित गर्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- शुक्रबार राती भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई पराजित गरेको छ । अर्जेन्टिनाले मेक्सिकोलाई २-० ले पराजित गरेको हो ।

अर्जेन्टिनाले पहिलो हाफमा एक र दोस्रो हाफमा एक गोल गर्दै मेकिसकोमाथि २-० ले जित दर्ता गरेको हो । फुनेस मोरीले एक गोल र एक गो आत्मघाती उपहार पाएको थियो । डिबालाको फ्रिकिक पासमा फुनेस मोरीको हेडर मार्फत गोलमा परिणत गरेका थिए । 

त्यस्तै दोस्रो हाफमा डिबालाले माउरो इकार्डीलाई दिएको चिप पासलाई मेक्सिकन डिफेन्डर ब्रिजुएलाले क्लिअर गर्न खोजदा आफ्नै पोस्टको गोल गर्न पुगेका थिए । सुरुवाती समयमा दबाब खेपेको अर्जेन्टिनाले भने त्यसपछि खेलमा लय समात्यो । 

पाउलो डिबाला र लौटारो मार्टिनेजलाई आक्रमणमा खेलाएको अर्जेन्टिनाले मेक्सिकोलाई समस्या दिइरहयो । खेलको दोस्रो मिनेटमा नै मेक्सिकोले अग्रता लिने सुवर्ण अवसर गुमायो । तर, मार्को फाबियनको क्रसमा राउल जिमिनेजको डाइभीङ हेडर क्रसबारमा लागेको थियो । 

यस नतिजासँगै कार्यवाहक प्रशिक्षक लिओनेल स्कालोनीलाई केहि राहत पुगेको छ । उनको नियुक्ति भएयता अर्जेन्टिनाले कोलोम्बियासँग बराबरी र ब्राजिलसँग हार बेहोरेको थियो । इराक र ग्वाटेमालालाई पराजित गरेपनि टोलीको खेल भने सन्तोषजनक रहेको थिएन ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।