बिहीबार, कात्तिक २७, २०८२

क-कसले जिते राष्ट्रिय फिल्म पुरस्कार ?

 |  शनिबार, भदौ ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ९, २०८०

भारत सरकारले ६९ औं राष्ट्रिय फिल्म पुरस्कारको घोषणा गरेको छ। सन् २०२१ र २०२२ का फिल्मलाई समावेश गर्दै बिहीबार विजयी फिल्मको घोषणा गरिएको हो।

National life

आलिया भट्ट र कृति सेननले क्रमशः ‘गंगुबाई कठियावाडी’ र ‘मिमी’बाट सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड सेयर गरे। ‘पुष्पा : द राइज’बाट अल्लु अर्जुनले सर्वश्रेष्ठ अभिनेताको अवार्ड प्राप्त गरे। ‘रकेट्री : द नामिबी इफेक्ट’ सर्वश्रेष्ठ कथानक फिल्म घोषित भयो।

सर्वश्रेष्ठ डेब्यु निर्देशकको अवार्ड फिल्म ‘मेप्पडियन’ले प्राप्त गर्‍यो। ‘आरआरआर’ सर्वश्रेष्ठ लोकप्रिय फिल्म घोषित हुँदा ‘द कश्मीर फाइल्स’लाई राष्ट्रिय अखण्डता कायम गर्न योगदान दिएको भन्दै नर्गिस दत्त अवार्ड प्रदान गरियो।

फिल्म ‘अनुनाद’ सर्वश्रेष्ठ सामाजिक फिल्म घोषित भयो। वातावरण संरक्षणतर्फ ‘आवासाव्यूहम’ सर्वश्रेष्ठ घोषित भयो। ‘गान्धी एण्ड को’ उत्कृष्ट बाल फिल्म, ‘गोदावरी’बाट निखिल महाजन सर्वश्रेष्ठ निर्देशक घोषित भए।

पंकज त्रिपाठी फिल्म ‘मिमी’बाट सर्वश्रेष्ठ सहायक अभिनेता बन्दा ‘द कश्मीर फाइल्स’बाट पल्लवी जोशी सहायक अभिनेत्री घोषित भइन्। भारतबाट गत वर्ष ओस्कारमा सिफारिस भएको फिल्म ‘द लास्ट शो’का भविन रावरी सर्वश्रेष्ठ बालअभिनेता घोषित भए।

Laxmi sunrise bank
kumari

‘आरआरआर’मा समावेश गीत ‘कोमुराम भीमुडो’बाट काल भैरव सर्वश्रेष्ठ पार्श्व गायक घोषित भए। सर्वश्रेष्ठ छायांकन विधामा ‘सरदार उद्यम’का अविक मुखोपाध्याय विजयी बने। सर्वश्रेष्ठ पटकथातर्फ ‘नायट्टु’बाट शाही कविर उत्कृष्ट बने। एडप्टेड पटकथातर्फ गंगुबाई कठियावाडीका सञ्जयलीला भन्साली र उत्कृषिती वशिष्ठ उत्कृष्ट घोषित भए।

उत्कृष्ट संवाद लेखन, सम्पादन र मेकअप आर्टिस्ट विधाको अवार्ड पनि गंगुबाई कठियावाडीले जित्यो। ‘सरदार उद्यम’ले कस्ट्युम डिजाइनर र प्रोडक्सन डिजाइनको विधा जित्यो। उत्कृष्ट संगीत निर्देशन विधामा ‘पुष्पा’बाट देवीश्री प्रसाद र पार्श्व ध्वनिमा आरआरआरबाट एमएस कीरावाणी विजयी घोषित भए।

‘शेरशाह’ले स्पेसल जुरी अवार्ड प्राप्त गरे। आरआरआरले उत्कृष्ट नृत्य निर्देशन, भिजुअल इफेक्ट र द्वन्द्व निर्देशनको विधा जित्यो। यसबाहेक विभिन्न राज्यका फिल्मलाई पनि राष्ट्रिय अवार्ड प्रदान गरियो।

प्रकाशित: Aug 26, 2023| 17:34 शनिबार, भदौ ९, २०८०
प्रतिक्रिया दिनुहोस्