शुक्रबार, वैशाख २१, २०८१

‘महापुरुष’ सिनेमाघर एपमा रिलिज

चलचित्र सिनेमाघर एपमा विज्ञापनरहित हेर्न सःशुल्क र विज्ञापनसहित  निःशुल्क दुवै तरिकाले हेर्न सकिने। 
 |  शनिबार, भदौ ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ९, २०८०

काठमाडौं– हल रिलिजमा सुपरहिट भएको नेपाली चलचित्र ‘महापुरुष’ शुक्रबारबाट नेपालको ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिनेमाघर र चलचित्र टिमले यसबारे जानकारी गराएको हो।

triton college

यो चलचित्र सिनेमाघर एपमा विज्ञापनरहित हेर्न सःशुल्क र विज्ञापनसहित हेर्न निःशुल्क दुवै तरिकाले पाइनेछ। प्रदीप भट्टराईको निर्देशनमा बनेको चलचित्रलाई २ सय रुपैयाँ तिरेर हेर्न सकिनेछ।

सिनेमाघरका अध्यक्ष खगेन्द्र लामिछानेले ‘महापुरुष’लाई हलमा जस्तै एपमा पनि दर्शकको राम्रो साथ मिल्नेमा विश्वास व्यक्त गरे। उनले सिनेमाघरमा दर्शकले देखाएको चासोबाट उत्साहित रहेको बताए। हालसम्म सात लाख बढी एप डाउनलोड भइसकेको उनले जनाए।

लामिछानेले युट्युबमा सित्तैमा चलचित्र हेरिरहेका दर्शकलाई एपमा पैसा तिरेर हेर्ने बानी बसाल्न एकदमै गाह्रो भए पनि अब एप्लिकेसनमा पैसा तिरेर चलचित्र हेर्ने बानीको विकास भइरहेको सुनाए। अघिल्लो वर्ष सिनेमाघर एपमा फिल्म ‘कबड्डी ४’ रिलिज भएको थियो। दर्शकको अत्यधिक चापका कारण एपको सर्भर १२ घन्टासम्म डाउन भएको थियो।

त्यसपछि सर्भरलाई अपग्रेड गरिएको खगेन्द्रले बताए। उनले एपमा ‘कबड्डी ४’ले युट्युबमा भन्दा राम्रो कमाइ गरेको दाबी गरे। ओटीटी प्लेटफर्मप्रति दर्शकको आकर्षण बढ्दा फिल्म क्षेत्रलाई नै फाइदा पुग्ने उनको भनाइ छ।

corrent noodles
Metro Mart

महापुरुषका प्रमुख अभिनेता हरिवंश आचार्यले डिजिटल माध्यममा ठूलो संख्यामा दर्शक रहेको बताए। पहिलो पटक ओटीटी प्लेटफर्ममा आफ्नो फिल्म रिलिज भएकामा उनले खुसी व्यक्त गरे। अभिनेता तथा निर्माता रवीन्द्र सिंह बानियाँले हलमा हेर्न छुटाएका दर्शकका लागि लक्षित हेरेर चलचित्रलाई डिजिटल रिलिज गर्न लागेको जानकारी दिए।

यसअघि चलचित्र जात्रै जात्रा निःशुल्क रिलिज गर्दासमेत दर्शकले इन्टरनेटको पैसा तिरेकोमा निःशुल्क नभएको प्रतिक्रिया जनाएको स्मरण गर्दै गर्दै अहिले परिस्थिति बदलिएको जिकिर गरे।

सिनेमाघर एपका चिफ टेक्निकल अफिसर सञ्जीव ढकालले सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेको बताए। अबदेखि सिनेमाघरले एलजी, सामसुङ र एप्पल एयरप्ले पनि थपिएको उनको भनाइ छ।

एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर निःशुल्क रूपमा समेत चलचित्र हेर्न सकिन्छ। पत्रकार सम्मेलनमा महापुरुषका अन्य प्रमुख कलाकार राजाराम पौडेल, गौरी मल्ल, नरेश पौडेल, अरुण क्षेत्री, शिखा तामाङ, कोपिला थापा निर्माता म्याक्स दीपेश खत्रीलगायत उपस्थित  थिए।

प्रकाशित: Aug 26, 2023| 17:50 शनिबार, भदौ ९, २०८०
प्रतिक्रिया दिनुहोस्