बिहीबार, माघ २२, २०८२

च्याम्पियन बन्ने लक्ष्यसहित हङकङसँग मैदानमा उत्रिँदै नेपाल

पहिलो चरणमा हङकङलाई पराजित गरेको नेपाल आज पुनः अन्तिम स्पर्धामा च्याम्पियन बन्ने लक्ष्यमा छ।
 |  शनिबार, भदौ ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ९, २०८०

काठमाडौं– नेपाली महिला क्रिकेट टिम मलेसियामा जारी चार देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय सिरिजमा हङकङसँग उपाधिका लागि प्रतिस्पर्धामा उत्रिँदै छ।पहिलो चरणमा हङकङलाई पराजित गरेको नेपाल आज पुनः अन्तिम स्पर्धामा च्याम्पियन बन्ने लक्ष्यमा छ।

National life

आज बिहान पौने १२ बजे मलेसियाको बायुमास ओभलमा सुरु हुने खेलमा नेपाल र हङकङबीच उपाधिका लागि अन्तिम प्रतिस्पर्धा हुन लागेको हो। सुरुआती चरणको प्रतिस्पर्धापछि नेपाल शीर्ष स्थानमा रहेको छ भने  हङकङले दोस्रो स्थान पक्का गरेपछि आज उपाधिका लागि प्रतिस्पर्धामा उत्रिन थालेका हुन्।

नेपाल, मलेसिया र हङकङको समान ४ अंक भए पनि नेपाल शीर्ष स्थानमा रहँदा हङकङ दोस्रो र मलेसिया तेस्रो स्थानमा रहे। शीर्ष दुई टिमले फाइनल प्रतिस्पर्धा गर्ने भएकाले नेपाल र हङकङ भिड्न लागेका हुन्।

पहिलो चरणको खेलमा नेपालले हङकङलाई ६ विकेट हराएको थियो। हिजोको खेलमा नेपाल आयोजक मलेसियासँग पराजित हुन पुगेको थियो। नेपाल र हङकङबीच भएका चार महिला टी–२० अन्तर्राष्ट्रिय खेलमध्ये दुवै टिम समान दुई–दुई खेलमा हारजितको अवस्थामा छन्।

आजको खेलपछि नेपालले सोमबार थाइल्यान्डसँग अर्को अभ्यास खेल खेल्ने छ। त्यसपछि नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेल्ने कार्यतालिका छ। एसिया क्षेत्र छनोट आगामी ३१ अगस्तदेखि ९ सेप्टेम्बरसम्म मलेसियामै हुनेछ।

Laxmi sunrise bank

प्रकाशित: Aug 26, 2023| 11:14 शनिबार, भदौ ९, २०८०
प्रतिक्रिया दिनुहोस्