आइतबार, असार २९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • विवाहित प्रेमीले 'धोका' दिएपछि शिक्षिकाले गरिन् आत्महत्या

विवाहित प्रेमीले 'धोका' दिएपछि शिक्षिकाले गरिन् आत्महत्या

 |  शनिबार, भदौ ९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ९, २०८०

vianetvianet

काठमाडौं- धनगढीको दीपेन्द्र प्रहरी स्कुलमा गत वैशाखदेखि शिक्षण गर्दै आएकी थिइन् राजेश्वरी डडालको सुसाइड नोट फेला परेको छ। राजेश्वरीले आत्महत्या गर्नुअघि आमा र दिदीलाई सम्बोधन गर्दै सुसाइड नोट लेखेकी छन्।

सुसाइड नोटमा उनले जगदीशले सिन्दुर दिने ठाउँमा मृत्यु दिएको भन्दै आमा र दिदीसँग माफी मागेकी छन्।

‘डडेल्धुराबाट म धनगढी आएको थाहा पाएपछि ऊ पनि आएको रहेछ। उसका ती झुट कुरामा मेरो दया, माया पलायो मैले मानें। हिजो राति हामी गोदावरी गएका थियौँ। उसले म सिन्दुरले आफ्नी बनाउँछु र कसैले अलग्याउन सक्दैन भनेको थियो। तर खोइ…आफ्नी श्रीमती भन्न यौन सम्बन्ध राख्नुपर्छ रे। यस्तै कुराले म पनि हरेक कुरालाई साँचो मान्दै गएँ। उपहार मैले मृत्यु पाएँ,’सुसाइड नोटमा राजेश्वरीले लेखेकी छन्।

उनले आमा र दिदीलाई धेरै माया गर्ने तर बताउन नसकेकाले बदनाम भएर बाच्न नसकेको भनेकी छन्। आमा र दिदीलाई क्षमा माग्दै लेखेकी छन्, सरी दिदी, मम्मी ! हजुरहरुले राम्रो चिताउनुभयो तर मैले के गरेँ? कुनै पनि सजाय बढी हुने छैन मलाई।’

मृतकका बुबा राजेन्द्रले साला नाता पर्ने जगदीशकै कारण छोरीले आत्महत्याको बाटो रोजेकाले कानुनअनुसार कारवाहीको माग गरेका छन्।

दार्चुलाको मार्मा गाउँपालिका-६ को सितोली स्थायी घर भई धनगढी उपमहानगरपालिका-३ स्थित फूपुको घरमा बस्दै आएकी राजेश्वरी बर्खे विदामा घर गएकी थिइन्। राजेश्वरीको फेसबुक आइडी उनकी जेठी दिदी रञ्जनाले पनि चलाउने गरेकी थिइन्।

करिब २० दिन अगाडि दिदी रञ्जनाले राजेश्वरी र मामा नाता पर्ने मार्मा गाउँपालिका–६ को मौरे गाउँका जगदीश कोट्टारीबीचको संवादबाट दुवै जनाबीच प्रेम सम्बन्ध रहेको थाहा पाएकी थिइन्। रञ्जनाले घरमा बुबा राजेन्द्रसिंह डडाललाई फोन गरेर दुवै जनाबीच प्रेम सम्बन्ध रहेको र एकले अर्कोलाई फोन, म्यासेज गर्ने गरेको सुनाएकी थिइन्।

पूर्व चिनजान र साला नाता पर्ने भएकाले राजेन्द्रले जगदीशलाई फोन गरेर सम्झाई-बुझाई गरेका थिए भने छोरीलाई पनि अबदेखि कुराकानी नगर्न र आफ्नो भविष्यलाई ध्यानमा राखेर अघि बढ्न भनेका थिए।

नातामा मामा भान्जी पर्ने मात्र नभएर जगदीश विवाहित पनि हुन्। यो विषय प्रहरीमा पनि पुग्यो। उनीहरु दुवैले प्रेम सम्बन्धमा रहेको स्वीकार गर्दै सहमतिमै अबदेखि अलग हुने बताएपछि प्रहरीले कागज गरेर छाडिएको थियो। प्रहरीले मिलापत्र गराएको २४ घण्टा नबित्दै राजेश्वरीले आत्महत्याको बाटो रोजिन्। दुवैलाई आफन्तको जिम्मा लगाएको भोलिपल्ट भदौ ६ गते बिहान धनगढी-३ को राना मन्दिर नजिकैको प्रतिक्षालयमा झुण्डिएको अवस्थामा राजेश्वरी मृत भेटिएकी हुन्।

प्रहरीले मृतकका प्रेमी जगदीश कोट्टारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। आफन्तले आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दिएका छन्।

प्रकाशित: Aug 26, 2023| 10:43 शनिबार, भदौ ९, २०८०
प्रतिक्रिया दिनुहोस्