शुक्रबार, साउन ८, २०८३

ब्राजिलको जितमा नेयमारको गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- शुक्रबार राती भएको तनावपुर्ण बनेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले उरुग्वेलाई पराजित गरेको छ । लन्डनस्थित आर्सनलको घरेलु मैदान इमिरेट्समा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले उरुग्वेलाई १-० ले पराजित गरेको हो । 

तनावपुर्ण बनेको खेलमा रेफ्रीले दुवै टिमका खेलाडीलाई ८ पहेलो कार्ड देखाएका थिए । नेयमारलाई उरुग्वेका खेलाडीले पटक-पटक ट्याकल गर्दा रेफ्री क्रेग पसनले उरुग्वेका ६ खेलाडीलाई पहेंलो कार्ड देखाएका थिए ।

ब्राजिलले विवादास्पद पेनाल्टीबाट गोल गर्दै खेलमा अग्रता बनाएको थियो । ७५औं मिनेटमा ब्राजिलका डानिलोलाई उरुग्वेका डियागो लक्जाल्टले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । जसलाई नेयमार गोलमा परिणत गरे । 

नेयमारको यो ६०औं अन्तर्राष्ट्रिय गोल हो । त्यसअघि नेयमारले खेलको १० औं मिनेटमा गोल गरेपनि रेफ्रीले अफसाइड दिएका थिए । दुवै टोलीले आफ्नो बलियो सुरुवाती एघारलाई मैदानमा उतारेका थिए । 

उरुग्वेका लुइस सुआरेजले दुई पटक सुन्दर अवसर सिर्जना गरेपनि ब्राजिलियन गोलरक्षक एलिसन बाधक बने । उरुग्वेले पछिल्लो १० खेलमा ब्राजिललाई पराजित गर्न सकेको छैन । ब्राजिलले अब लन्डनमै हुने अर्को मैत्रीपूर्ण खेलमा क्यामरुनको सामना गर्नेछ । 

क्ल्यारेन्स सिडर्फ प्रशिक्षक रहेको टोलीसँग ब्राजिलले मंगलबार खेल्नेछ । उरुग्वेले भने पेरिसमा हुने खेलमा विश्वविजेता फ्रान्सको सामना गर्नेछ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।