शुक्रबार, पुस ४, २०८२

ताइवानी राष्ट्रपति इस्वाटिनीको भ्रमणमा जाने

 |  शुक्रबार, भदौ ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ८, २०८०

ताइपेई- ताइवानका राष्ट्रपति साई इङ्गवेन आगामी महिना दक्षिण अफ्रिकी अधिराज्य इस्वाटिनीको भ्रमणमा जाने भएका छन्। टापु देश इस्वाटिनी ताइवानसँग कूटनीतिक सम्बन्ध कायम गर्ने एकमात्र अफ्रिकी राष्ट्र हो। 

National life

राष्ट्रपति साई इस्वाटिनीको स्वतन्त्रता दिवस एवं त्यहाँका नरेश म्स्वाती तृतीयको जन्मदिवस समारोहमा सहभागी हुन  आगामी सेप्टेम्बर ५ मा त्यसतर्फ प्रथान गर्ने राष्ट्रपतिको कार्यालयका प्रवक्ता ओलिभिया लिनले जनाएका छन्।

स्वदेश फर्कनु अघि उहाँले राजाम्स्वाती तृतीयसँग भेट गर्ने, स्थानीय अस्पताल र ताइवानले लागनी गरेका परियोजनाहरूको भ्रमण गर्ने कार्यक्रम छ। द्विपक्षीय सहयोगलाई सुदृढ तुल्याउन राष्ट्रपति इस्वाटिनीको भ्रमणमा जान लाग्नुभएको प्रवक्ता ओलिभियाले पत्रकारहरूलाई बताइन्। 

पहिले स्वाजिल्याण्ड भनेर चिनिने इस्वाटिनी ताइवानलाई मान्यता दिने विश्वका १३ देश मध्येको एक हो। ताइवानलाई चीनले आफ्नो अभिन्न अङ्ग भन्दै आवश्यक परेमा जुनसुकै बेला शक्ति प्रयोग गरेर मुख्यभूमिमा विलय गर्नसक्ने चेतावनी दिँदै आएको छ। 

सन् २०१८ मा बुर्किना फासोले ताइपेईलाई परित्याग गरेर बेइजिङको पक्षमा उभिएपछि अफ्रिकामा इस्वाटिनीमात्र ताइवानको कूटनीतिक सहयोगी बचेको छ। सन् २०१६ मा साई सत्तामा आएपछि चीनले ताइवानका नौ कूटनीतिक सहयोगीलाई आफ्नो पक्षमा ल्याइसकेको छ। पछिल्ला दिनमा ताइपेई र बेइजिङबीच सम्बन्ध बिग्रँदै जाँदा ताइवान टापुमा चीनले सैन्य दबाब पनि बढाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 25, 2023| 19:50 शुक्रबार, भदौ ८, २०८०
प्रतिक्रिया दिनुहोस्