शुक्रबार, साउन ८, २०८३

‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- तिहारले गर्दा स्थगित भएको सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेलहरु आज (शनिबार)बाट सुरु हुँदैछन् । आज ‘ए’ डिभिजन लिगका दुई खेल हुदै छन् । पहिलो खेलमा उपाधिको दाबेदारको रुपमा हेरिएको मनाङले न्युरोड टिम एनआरटीको सामना गर्दैछ भने दोस्रो खेलमा अर्को उपाधि दाबेदार मानिएको विभागीय टिम त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुदैछ ।

पहिलो खेल विहान ११ बजे र दोस्रो खेल दिउँसो दुई बजे शसस्त्र प्रहरी बलको खेल मैदान हलचोकमा हुनेछन् । पहिलो चरणको खेलमा मनाङले व्रिगेड ब्वाइजलाई ३-१ ले पराजित गरेको थियो । एनआरटीले आर्मीसँग २-२ गोलको बराबरी खेलको थियो । 

मनाङलाई मिडफिल्डर सुजल श्रेष्ठको अनुपस्थितिले पिरोलेको छ । हातमा चोट बोकेका सुजल कम्तिमा ३ साता मैदान बाहिर रहने छन् । तर मनाङलाई अर्काे मिडफिल्डर प्रकाश बुढाथोकीको आगमनले राहत दिएको छ । राष्ट्रिय टिमका खेलाडीको भरिएको मनाङको कप्तानी विराज महर्जनले गर्नेछन् । 

शारिरिक रुपमा बलियो आर्मी र प्राविधिक रुपमा स्तरीय च्यासल दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजिमा हुनेछन् । लिगको उद्घाटन खेलमा बलियो मानिएको आर्मीले न्युरोड टिम एनआरटीसँग २-२ गोलको बराबरी खेलेको थियो । 

च्यासल युथ क्लब पनि मछिन्द्र क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो । राष्ट्रिय टिमका खेलाडीले भरिएका दुवै टोलीले मैदानमा ३ अंक प्राप्तीका लागि संघर्ष गर्ने छन् । आर्मीमा भरत खवास, नवयुग श्रेष्ठ र विकेश कुथु जस्ता खेलाडी छन् । च्यासलमा विमल घर्ति मगर, हेमन्त थापा मगर र देवेन्द्र तामाङ जस्ता खेलाडी समावेश छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।