मंगलबार, पुस १, २०८२

महिला टी-२०

मलेसियासँग हारे पनि नेपाल र हङकङ फाइनलमा भिड्ने

 |  शुक्रबार, भदौ ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ८, २०८०

काठमाडौं- समूह चरणको आजको खेलमा खेलमा मलेसियासित पराजित भए पनि नेपाल फाइनलमा पुग्न सफल भएको छ। चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको फाइनलमा अब नेपाल र हङकङ भिड्ने भएका छन्। फाइनल खेल शनिबार हुने छ। समूह चरणका खेल सकिँदा नेपाल, हङकङ र मलेसियाको समान चार-चार अङ्क भए पनि नेपाल र हङकङ रनरेटका आधारमा फाइनलमा प्रवेश गरेका हुन्। तीनै टोली समूह चरणका दुई दुई खेलमा विजयी भएका थिए। 

National life

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस हारेपछि आज पहिला ब्याटिङ गरेको हो। मलेसियाविरुद्धको खेलमा नेपालले जितका लागि ८४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। वर्षाका कारण १८ ओभरमा सीमित गरिएको खेलमा नेपालले सात विकेटको क्षतिमा ८३ रन बनायो। मलेसियाले ८४ रनको विजय लक्ष्य १६ दशमलव दुई ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो। मलेसियाका लागि अइना हसिमले अविजित ३७ तथा इजाती इम्माइलले २१ रन बनाइन्। बलिङतर्फ नेपालका लागि पूजा महतो, रुबिना क्षेत्री बेलबासे र सीता राना मगरले एक एक विकेट लिइन्। 

यसअघि नेपालका लागि ब्याटिङ गर्दै कप्तान रुबिना क्षेत्री बेलबासेले २३, इन्दु बर्माले २० तथा काजल श्रेष्ठले १८ रनको योगदान दिइन्। अरु खेलाडीले सम्झिनलायक ब्याटिङ गर्न सकेनन्। 

नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो। यस्तै मलेसिया पहिलो खेलमा हङकङसित १० विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियाले कुवेतलाई आठ विकेटले पराजित गरेको थियो। 

आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेतले महिला टी–ट्वान्टी सिरिज खेलिरहेका छन्। यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेलिरहेको छ। 
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 25, 2023| 16:39 शुक्रबार, भदौ ८, २०८०
प्रतिक्रिया दिनुहोस्