मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • कोशी
  • धरानमा २४ घण्टे निषेधाज्ञा, र्‍याली र जुलुश गर्न निषेध

धरानमा २४ घण्टे निषेधाज्ञा, र्‍याली र जुलुश गर्न निषेध

 |  शुक्रबार, भदौ ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ८, २०८०

काठमाडौं- धरानमा जातीय र धार्मिक तनाव बढिरहेका बेला सम्भावित हिंसा रोक्न स्थानीय प्रशासनले २४ घण्टे निषेधाज्ञा जारी गरेको छ। सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बिहीबार आज शुक्रबार मध्य राति १२ बजेदेखि लागु हुने गरी २४ घण्टे निषेधाज्ञा जारी गरेकी हुन्।

National life

निषेधाज्ञा शनिबार राति १२ बजेसम्मका लागि जारी गरिएको हो। प्रशासनले धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका-१ मा पर्ने झण्डा चौकदेखि धरानतर्फको क्षेत्र, धरान प्रवेश गर्ने पश्चिम-दक्षिण रामधुनी नगरपालिका-६ बाट बराहक्षेत्र नगरपालिका-३ नडाहा चोकबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।

त्यसैगरी इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्रमा पनि प्रशासनले निषेधाज्ञा जारी गरेको छ। त्यसैगरी धरान उपमहानगरपालिका-५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी-६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम मिति बिहीाबर राति १२ बजेदेखि शुक्रबार राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रुपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, र्‍याली/ भेला गर्न रोक लगाइएको छ।

प्रशासनले प्रदर्शनलगायत कुनै पनि कार्यक्रम नगर्न/नगराउन धरान उपमहानगरपालिका क्षेत्रभित्रका सबै सरोकारवालालाई आग्रह गरेको छ। आदेशविपरीत भए गरेको पाइए वा अटेर गरेको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारवाही गरिनेछ।

Shivam cement

सम्भावित हिंसा रोक्न निषेधाज्ञा जारी गरिएको भए पनि प्रशासनको सूचनामा भने डेंगु संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गरिएको उल्लेख छ। धरानका २० वटा वडामा गरी अहिलेसम्म १५ हजारमा डेंगु संक्रमण भएको छ। उपमहानगरमा धार्मिक/साम्प्रदायिकका साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशिलतालाई समेत मध्यनजर गरी निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।

 

प्रकाशित: Aug 25, 2023| 16:31 शुक्रबार, भदौ ८, २०८०
प्रतिक्रिया दिनुहोस्