शनिबार, असार १३, २०८३

महिला टी–२०: नेपालले मलेसियालाई दियो ८४ रनको लक्ष्य   

वर्षाका कारण १८ ओभरमा सीमित गरिएको खेलमा नेपालले सात विकेटको क्षतिमा ८३ रन बनाएको छ। 
 |  शुक्रबार, भदौ ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ८, २०८०

काठमाडौं– चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले मलेसियासामु जितका लागि ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ। वर्षाका कारण १८ ओभरमा सीमित गरिएको खेलमा नेपालले सात विकेटको क्षतिमा ८३ रन बनायो। 

National life

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस हारेपछि ब्याटिङ गरेको हो।

नेपालका लागि कप्तान रुबिना क्षेत्री बेलबासेले २३, इन्दु बर्माले २० तथा काजल श्रेष्ठले १८ रनको योगदान दिइन्। अरु खेलाडीले सम्झिनलायक ब्याटिङ गर्न सकेनन्।

जारी सिरिजमा हालसम्म दुई खेल खेलेको नेपाल अपराजित रहँदै फाइनल नजिक पुगेको छ। नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो।

यस्तै, मलेसिया पहिलो खेलमा हङकङसित १० विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियाले कुवेतलाई आठ विकेटले पराजित गरेको थियो। 

Shivam cement

आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेतले महिला टी–ट्वान्टी सिरिज खेलिरहेका छन्। ३१ अगस्त ३१ तारिखदेखि मलेसियामै हुने आईसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेलिरहेको छ।

प्रकाशित: Aug 25, 2023| 15:06 शुक्रबार, भदौ ८, २०८०
प्रतिक्रिया दिनुहोस्