सोमबार, असार ३०, २०८२

रासायनिक मल कारखाना स्थापना अध्ययन मस्यौदा स्वीकृत

बोर्ड बैठकले चार जलविद्युत् आयोजनाको ३६ अर्ब ३७ करोड लगानी स्वीकृत गरेको छ।
 |  शुक्रबार, भदौ ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ८, २०८०

vianetvianet

काठमाडौं– प्रधानमन्त्री अध्यक्षताको लगानी बोर्डको ५५औं बैठक बैठकले ग्रिन क्यालसियम एम्मोनियम निटरेट ‘क्यान’ फर्टिलाइजर फ्याक्ट्री स्थापना अध्ययनका लागि मलेसियास्थित रेनिकोला एसडीएन बीएचडीसँग गरिने समझदारीको मस्यौदा स्वीकृत गरेको छ।  बैठकले चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी पनि स्वीकृत गरेको छ।

आज बसेको बोर्ड बैठकले रोल्वालिङ खोला, छुजुंग खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो।

बैठकले तमोर जलाशययुक्त जलविद्युत् परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्म भएका गतिविधिको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेस गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ। 

दाङको राजपुर गाउँपालिकामा २४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि डोल्मा हिमालयन इनर्जीलाई अध्ययन अनुमतिपत्र दिने निर्णय गरेको छ। 

बैठकले बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा २५० मेगावाटको सौर्य ऊर्जा विकासका लागि अध्ययनकर्ता रिसेन इनर्जी कम्पनीबाट पेस भएको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई ग्रहण गरेको बोर्डका कार्यकारी प्रमुख सुशील भट्टले जानकारी दिए।

बोर्डले माथिल्लो कर्णाली जलविद्युत् परियोजनाबारे सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषद्समक्ष प्रस्ताव पेस गर्ने निर्णय गरेको उनले बताए।

बैठकमा प्रधानमन्त्री प्रचण्डले जलविद्युत् परियोजनाको निर्माण लागत निर्धारण गर्दा थप अध्ययन/विश्लेषण गर्न, कार्यान्वयनमा रहेका परियोजना समयमा सम्पन्न गर्न र लगानी स्वीकृति तथा परियोजना कार्यान्वयनमा रहेका प्रक्रिया छोट्याउँदै परिणाममुखी कार्यसम्पादन गर्न निर्देशन दिए।

प्रकाशित: Aug 25, 2023| 12:43 शुक्रबार, भदौ ८, २०८०
प्रतिक्रिया दिनुहोस्