शनिबार, असार १३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • महिला टी–२०ः फाइनल पुग्ने लक्ष्यसहित मलेसियासँग खेल्दै नेपाल

महिला टी–२०ः फाइनल पुग्ने लक्ष्यसहित मलेसियासँग खेल्दै नेपाल

आज हुने खेलमा मलेसियालाई हराए नेपाल ६ अंकका साथ अपराजित रहँदै फाइनल पुग्नेछ। 
 |  शुक्रबार, भदौ ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ८, २०८०

काठमाडौं– मलेसियाको बायुमास ओभलमा केही बेरपछि सुरु हुने महिला टी–२० सिरिजको खेलमा नेपालले आयोजक मलेसियालाई पराजित गरी फाइनलमा स्थान सुरक्षित बनाउने लक्ष्य राखेको छ।

National life

आज बिहान ११ः४५ देखि सुरु हुने प्रतिस्पर्धामा नेपाल आयोजक मलेसियासँग खेल्दै छ। नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३४ रनले हराउँदै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

सोही कारण आजको खेलमा मलेसियालीमाथि जित निकाल्ने सकिने नेपाली टोलीको विश्वास छ। नेपाल दुई खेलमा चार अंकका साथ शीर्ष स्थानमा छ।

आज हुने खेलमा मलेसियालाई हराए नेपाल ६ अंकका साथ अपराजित रहँदै फाइनल पुग्नेछ। आज बिहान भएको पहिलो खेलमा हङकङले कुवेतलाई पराजित गर्दै ४ अंक बनाएर फाइनल आशा कायमै राखेको छ।

मलेसियालाई नेपालले पराजित गरे हङकङ र नेपाल फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। हङकङले कुवेतलाई १६ रनले हराउँदै फाइनल सम्भावना बलियो बनाएको छ।

Shivam cement

प्रकाशित: Aug 25, 2023| 11:29 शुक्रबार, भदौ ८, २०८०
प्रतिक्रिया दिनुहोस्