सोमबार, फागुन १८, २०८२

पत्रकार थुन्‍ने म्याद बढाएकामा रुसी अदालतको निन्दा

 |  बिहीबार, भदौ ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ७, २०८०

मस्को- जर्मनीले वाल  स्ट्रिट जर्नलका पत्रकार इभान गेर्शकोविचलाई तीन महिना हिरासतमा राख्ने रुसी अदालतको निर्णयको निन्दा गरेको छ।

विदेशमन्त्री एनालेना बेरबकले मस्कोको यो निर्णयलाई ‘क्रुर’ प्रणालीको उदाहरण भएको बताउँदै उनलाई निःशर्त थुनामुक्त गर्न माग गरेका छन्। 

पत्रकार गेर्शकोविचलाई जासुसीको आरोपमा गत मार्चमा पक्राउ गरिएको थियो। उनले आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन्। 

मस्कोस्थित कारागारमा उनलाई राखिएको छ। उनीमाथि लगाइएको अभियोगमा आज भएको सुनुवाइका बेला अदालतमा कुनै पनि पत्रकारलाई प्रवेश दिइएको थिएन। मखुण्डोलगाएका सुरक्षाकर्मीले हथकडी लगाएका उनलाई अदालतमा लिएर गएका थिए। 

रुसले उनीमाथि लगाइएका आरोपको कुनै प्रमाण दिएको छैन। यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले पत्रकार गेर्शकोविचलाई बिना शर्त तत्काल रिहा गर्न माग गरेका छन्।

kumari

प्रकाशित: Aug 24, 2023| 20:50 बिहीबार, भदौ ७, २०८०
प्रतिक्रिया दिनुहोस्