काठमाडौं- अघिल्ला दुई दिन बढेको सेयर बजार बिहीबार भने ३१.५२ अंक घटेको छ। सो अंकको गिरावटपछि परिसूचक नेप्से २०१३ अंकमा कायम भएको छ। यसअघि बुधबार २९ र मंगलबार १७ अंकले नेप्से बढेको थियो।
जम्मा १७ कम्पनीको सेयर मूल्य बढेको बजारमा २०६ कम्पनीको मूल्यमा गिरावट आएको छ। ४६ लाख ५७ हजार १ सय ३७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५५ करोड ५ लाख ८२ हजार रूपैयाँको कारोबार भएको छ।
कारोबार रकम हिजोको तुलनामा ४ करोड बढी हो। १७ कम्पनीको मूल्य बढ्दा २०६ को घट्यो भने ४ को स्थिर रहृयो। बैंकिङ ११, विकास बैंक ८६, फाइनान्स ५१, होटल तथा पर्यटन १०१, जलविद्युत् ५३, जीवन बीमा २४२, उत्पादन ६६, माइक्रोफाइनान्स ५६, निर्जीवन बीमा २४३, अन्य १६ र व्यापार उपसमूह ४३ अंक घटे।
कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो भने मकर जितुमायाको ६ प्रतिशत बढ्यो। मोलुङ हाइड्रो र समता लघुवित्तको मूल्य ८ प्रतिशत घट्यो।