आइतबार, वैशाख २७, २०८३

सारुक ताम्राकारको अन्तिम गीत 'माया' सार्वजनिक [भिडियोसहित]

 |  बिहीबार, भदौ ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ७, २०८०

कलाकार सारूक ताम्राकारको अन्तिम फिल्म 'ह्यासट्याग माया' म्युजिक भिडिओको रूपमा सार्वजनिक गरिएको छ।  

National life

बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै 'माया' बोलको गीत सार्वजनिक गरिएको हो। भिडियोमा सारूक र अभिनेत्री निकिता आचार्यको दृश्यलाई समावेश गरिएको छ। यसमा फिल्मकी अर्की अभिनेत्री नम्रता श्रेष्ठको भने कुनै दृश्य समावेश गरिएको छैन।

एसडी योगीको स्वर तथा संगीत रहेको गीतमा राम अविरल विष्टको शब्द छ भने रिकेश गुरुङले संगीत संयोजन गरेका छन्। गीतमा शर्मिला थापाको लगानी रहेको छ। उज्जवल जोशीले छायांकन गरेको गीतको भिडियो प्रविण श्रेष्ठले सम्पादन गरेका हुन्।

आत्महत्या गर्नुअघि सारूक फिल्म 'ह्यासट्याग माया' मा काम गरिरहेका थिए। फिल्मलाई राजिव गुरुङले निर्देशन गरिरहेका थिए। असार २१ गते राति सारूक काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा मृत भेटिएका थिए। त्यसदिन पनि उनी फिल्मको छायांकनमा सहभागी भएका थिए। उनले 'इन्टु मिन्टु लण्डनमा, मेरी मामु, रानी' लगायतका फिल्ममा अभिनय गरेका छन्।

प्रकाशित: Aug 24, 2023| 15:46 बिहीबार, भदौ ७, २०८०
प्रतिक्रिया दिनुहोस्