शुक्रबार, पुस ४, २०८२

अमेरिकामा फेरि अर्को गोलीकाण्ड

 |  बिहीबार, भदौ ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ७, २०८०

अमेरिकाको क्यालिफोर्निया राज्यको एक मधुशालामा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको मृत्यु हुनका साथै अन्य ६ जना घाइते भएका प्रहरीले जनाएको छ।

National life

घटनामा गोली चलाउनेको पनि मृत्यु भएको छ। गोली हानाहान भएका बेला सरकारी अधिकारी पनि भएकाले आक्रमणकारी पनि मारिएको  बताइएको छ। घटनामा कुनै पनि सरकारी अधिकारी घाइते भएका छैनन्।

'घटनास्थलमा चार जनाको मृत्यु भएको पुष्टि भएको छ, गोली हान्ने व्यक्ति पनि मारिएको छ। घाइते छ जनालाई अस्पतालमा लगिएको छ,' ओरेन्ज काउन्टीका शेरिफले सामाजिक सञ्जालमा भनेका छन्। स्रोतलाई उद्धृत गर्दै ओरेन्ज काउन्टीले घरायसी विवादका कारण घटना भएको बताएको छ। वारुणयन्त्र विभागका वरिष्ठ अधिकारी ब्रायन फेनेसीले घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताएका छन्।

बन्दुक हिंसाबाट संयुक्त राज्य अमेरिका आक्रान्त भएको छ। बन्दुक आक्रमणमा परी अमेरिकामा हरेक वर्ष हजारौंले ज्यान गुमाउँदै आएका छन्। आजको गोलीकाण्ड लस एन्जलसबाट करिब ७० किलोमिटर दक्षिणपूर्वमा रहेको कुकस कर्नर बारमा भएको हो। यो स्थान ‘बाइकर’हरूको लागि लोकप्रिय मानिन्छ।

प्रकाशित: Aug 24, 2023| 14:13 बिहीबार, भदौ ७, २०८०
प्रतिक्रिया दिनुहोस्