शुक्रबार, साउन ८, २०८३

विराट र रोहितको कीर्तिमानी तोड्ने मिताली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पछिल्लो समय भारतका लागि मात्र नभई विश्व क्रिकेटमा नै निकै चर्चामा रहेको क्रिकेट खेलाडी हुन् विराट कोहली । विरटसँगै अर्का भारतिय खेलाडी हुन् रोहित शर्मा । विरट र रोहित भारतिका लागि टी-२० क्रिकेटमा सर्वाधिक रन जोड्ने खेलाडी हु्न । 

तर, विश्व क्रिकेटका चर्चित खेलाडी विरट र रोहितले भारतका लागि टी-२० क्रिकेटमा बनाएको सर्वाधिक रनको कीर्तिमानी भारतकी महिला क्रिकेट खेलाडी मिताली राजले भङ्ग गरेकी छन् ।

वेस्ट इन्डिजमा चलिरहेको महिला आईसीसी टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै भारतकी खेलाडी मिताली राजले विराट र रोहितको रेकर्ड तोडेकी हुन् । उनले टी-२० मा भारतको तर्फबाट रोहितले बनाएको २२०७ रनको सर्वाधिक रनको कीर्तिमानी तोडेकी छन् । 

जबकी रोहित शर्माले ८० खेलमा २२०७ रन बनाउदा मितालीले पनि ८० खेल नै खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा २२८३ रन बनाएकी हुन् । ३५ वर्षीया मितालीले पाकिस्तान विरुद्ध ५६ रन बनाउदै यो रेकर्ड तोडेकी हुन् । 

त्यस्तै, विराट कोहलीले ५८ खेलमा २१०२, सुरेश रैनाले ६६ खेलमा १६०५ र महेन्द्रसिंह धोनीले ८० खेलमा १४८७ रन बनाएका छन् । उनले आएरल्यान्डविरुद्ध ५२ रन बनाएपछि भारत आईसीसी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।