बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • कोशी
  • कोशीमा एमाले र राप्रपाले गरे संसद् बहिष्कार, अर्को बैठक अनिश्चित

कोशीमा एमाले र राप्रपाले गरे संसद् बहिष्कार, अर्को बैठक अनिश्चित

 |  बुधबार, भदौ ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ६, २०८०
National life
Shivam cement

कोशी प्रदेश सभाको आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले बैठक बहिष्कार गरेका छन्। विश्वासको मत लिने क्रममा सभाध्यक्षको अधिकारको दुरुपयोग भएको भन्दै विपक्षीले विरोध गरेका हुन्।

राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्ति सिटौला सभाध्यक्ष इसराइल मन्सुरीले बैठक सुरु गर्नासाथ बैठक बहिष्कार गर्दै बाहिर निस्किएका थिए। बैठकको अध्यक्षता गरिरहेका मन्सुरीबाट फेरि असंवैधानिक निर्णय भएकोले बैठक बहिष्कार गर्ने निर्णय भएको भन्दै सिटौला सभा छाडेर निस्किएका थिए।

त्यसपछि एमाले र राप्रपाका सबै सांसदले बहिष्कार गरेपछि मन्सुरीले बैठक अर्को सूचना नहुन्जेलसम्मको लागि स्थगित भएको घोषणा गरेका छन्।

प्रकाशित: Aug 23, 2023| 14:47 बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्