शनिबार, कात्तिक २१, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बिजुलीको मागमा नयाँ कीर्तिमान, 'पिक आवर'मा ३ हजार २४८ मेगावाट पुग्यो

बिजुलीको मागमा नयाँ कीर्तिमान, 'पिक आवर'मा ३ हजार २४८ मेगावाट पुग्यो

 |  आइतबार, साउन १०, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, साउन १०, २०८३

काठमाडौं- कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा बराबर पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतबाट बिजुली आयात भएको छैन। यस्तै, प्राधिकरणले कुल २२ हजार १०२ मेगावाट घण्टा बराबर बिजुली निर्यात गरिरहेको छ।

Machhapuchchhre

प्राधिकरणको प्रणालीमा निजी ऊर्जा उद्यमीहरूले ४७ हजार ५६३ मेगावाट घण्टा बराबरको बिजुली उपलब्ध गराएका छन्। यस्तै, प्राधिकरणका सहायक कम्पनीले १७ हजार १०८ मेगावाट घण्टा बराबर बिजुली उपलब्ध गराएका छन्। प्राधिकरणका आफ्नै आयोजनाबाट कुल आठ हजार ९५९ मेगावाट घण्टा बराबरको ऊर्जा उपलब्ध छ।

कुल राष्ट्रिय माग ५१ हजार ५२७ मेगावाट घण्टा बराबर रहँदा साँझको समयमा कुल माग तीन हजार २४८ मेगावाट बराबर रहेको छ। वर्षाका कारण देशभर कुनै पनि स्थानमा अवरोध नरहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले कुनै स्थानमा अवरोध उत्पन्न हुनासाथ मर्मतसम्भारका लागि प्राविधिक जनशक्ति तम्तयारी हालतमा राखेको छ। सातवटा प्रदेश कार्यालय र काठमाडौँमा मर्मतसम्भार टोली तम्तयारी अवस्थामा छ।

प्रकाशित: Jul 26, 2026| 22:03 आइतबार, साउन १०, २०८३