काठमाडौं- नेपाली सेनाकी रशिला महर्जन योनेक्स सनराईज आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको महिला एकल र युगल तथा यु-१७ गल्र्स तीनै विधा तर्फ उपाधी नजिक पुगेकी छिन् ।
रशिलाले महिला एकलमा सेनाकै नङ्गशल देवी तामाङ्गसँगको भेट पक्का गरेकी छिन् । शुक्रबार सम्पन्न सेमिफाईनलमा नङ्गशलले एपिएफकी शोभा गौचनलाई २१-१२ र २१-८ ले तथा रशिलाले गत संस्करणकी विजेता एपिएफकी जेशिका गुरुङ्गलाई २१-१३, २१-११ ले पन्छाउँदै उपाधी नजिक पुगेका हुन् ।
यस्तै रशिलाले यु-१७ गल्र्स तर्फ मोरङ्गकी रोज पाण्डेलाई २१-९ र २१-६ को सोझो सेटमा पराजित गरिन् । यस्तै दोश्रो खेलमा सेनाकै रञ्जना भट्टले मोरङ्गकै सिमा राजबंशीलाई २१-१६ र २१-१५ ले पन्छाउदै फाईनल प्रवेश गरिन् ।
यसैगरि रशिलाले नङ्गशल तामाङ्गसँग मिलेर महिला युगल तर्फ पनि जित निकाल्दै उपाधी नजिक पुगेकी छिन् । रशिला र नङ्गशल जोडीले जेष्टकी सिता राई र बाँकेकी संझना शर्माको जोडीलाई २१-११ र २१-११ को सोझो सेटमा हराएका हुन् । अव रशिला र नङ्गशलले फाईनलमा एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङ्गको सामना गर्ने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४