शनिबार, असार १३, २०८३

एसियाली खेलकुदः नेपाल रग्बीको समूह ‘ए’मा

नेपालले पहिलो खेल फिलिपिन्स तथा दोस्रो खेल हङकङविरुद्ध खेल्नेछ।
 |  बुधबार, भदौ ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ६, २०८०

काठमाडौं– आगामी ६ देखि २३ असोजसम्म चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदमा नेपाल पुरुष रग्बी सेभेन्समा समूह ‘ए’ मा परेको छ। नेपालसँगै उक्त समूहमा हङकङ, चीन र फिलिपिन्स रहेका छन्। 

National life

नेपालले पुरुष रग्बीमा मात्र सहभागिता जनाउँदै छ। पुरुष रग्बीमा जम्मा १२ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने भएको छ।

यसैगरी समूह ‘बी’मा दक्षिण कोरिया, मलेसिया र चाइनिज ताइपेई, समूह ‘सी’ मा जापान, सिंगापुर र थाइल्यान्ड तथा समूह ‘डी’ मा युनाइटेड अरब इमिरेटस् (युएई), चीन र अफगानिस्तान छन्।

रग्बीका खेल सेप्टेम्बर २४ तारिखदेखि सुरु हुनेछन्। विराट श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीले त्यसै दिन आफ्नो समूह चरणका दुवै खेल खेल्नेछ। नेपालले पहिलो खेल फिलिपिन्स तथा दोस्रो खेल हङकङविरुद्ध खेल्नेछ।

हाङझाव एसियाड सेप्टेम्बर २३ तारिखदेखि सुरु हुँदै छ। एसियाली खेलकुदमा नेपालले पहिलो पटक रग्बीमा सहभागिता जनाउन लागेको हो। नेपालको सहभागिता पुरुषमा मात्र रहेको छ।

Shivam cement

१२ सदस्यीय खेलाडी टोलीलाई श्रीलंकाली सन विजेसिंघेले प्रशिक्षण दिइरहेका छन्। नेपाली टोलीमा विराट श्रेष्ठ (कप्तान), विवेश वासु, विक्रम पुरी, विक्रम भारती, झुकेन्द्र राई, नवीन महर्जन, निरोज कार्की, पुजन फेवाली, सविन महत, श्रीराम श्रेष्ठ, सुजन कुमाल र यदु अधिकारी छन्।

प्रकाशित: Aug 23, 2023| 14:10 बुधबार, भदौ ६, २०८०
प्रतिक्रिया दिनुहोस्