बिहीबार, वैशाख ३१, २०८३

थारु भाषाको ‘मोबाइलको घण्टी’ बजारमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- थारु भाषाको नयाँ म्यूजिक भिडियो ‘मोबाइलको घण्टी’ सार्वजनिक भएको छ। यहि गितमार्फत सुरेश चौधरीले म्यूजिक भिडियोमा डेब्‍यू गरेका छन्।

सुरेशको आफ्‍नै शब्द रचना र स्वर रहेको गीतमा उनले स्वयंम सशक्त अभिनय गरेका छन्। गायक सुरेश चौधरीले भने ‘थारु भाषा र संगीतलाई संसारभर फैलाउने उद्देश्‍यका साथ मैले नयाँ गीत लिएर आएको हुँ।मेरो 1५ वर्षको नृत्‍य साधना अब सुरु भएको छ। अब थारु भाषा संगीत आकाशमा नयाँ इटा थप्‍ने प्रयास गर्नेछु।’

उनलाई गायनमा इशिका भूजेलले र मोडेलिङमा आर्जू उप्रेतिले साथ दिएकी छिन्। राजीव शाहको संगीत रहेको उक्त म्‍यूजिक भिडियोको छायांकन हरि नारायण चौधरीले गरेका छन् भने पदम तामाङको नृत्‍य निर्देशन रहेको छ।

सबिता कुमारी चौधरीको निर्माणमा बनेको उक्त म्यूजिक भिडियोलाई रिमा इन्टरटेनमेन्ट नेपाल, बबरमहलले बजारमा ल्‍याएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्