मंगलबार, चैत १७, २०८२

डिपिएलको मिति घोषण, मुख्य प्रायोजकसँग हस्ताक्षर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

धनगढी- तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) टी-२० क्रिकेटको मिति घोषणा भएको छ । तेस्रो संस्करणको डिपिएल माघ १९ देखि फागुन ४ गतेसम्म सञ्चालन गर्ने तयारी गरेको प्रतियोगिताका निर्देशक सुवास शाहीले एक कार्यक्रमको आयोजना गर्दै जानकारी दिए । 

प्रतियोगिताको मितिसँगै मुख्य प्रायोजकसँग सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मुख्य प्रायोजनमा डिस्टिलरीको रुस्लानले निरन्तरता दिएसँगै रुस्लानको तर्फबाट चीफ फाइनान्स अफिसर सतीस कर्ण र धनगढ़ी क्रिकेट एकेडमीका अध्यक्ष सुबास शाहीले समझौता पत्रमा हस्ताक्षर गरे । यससँगै विजय डिस्टलरीले १ करोड १० लाखको मुख्य प्रायोजन गरेको जानकारी दिए ।

यसअघि देशकै सर्वाधिक ठुलो धनराशीको क्रिकेट प्रतियोगिताको रुपमा २०७३ र २०७४ सालमा डीपीएलको पहिलो र दोसा्रे संस्करण आयोजना गरिएको थियो । दुबै संस्करणको विजेता टिम चौराह धनगढी हो । यतिमा हैन देशमै पहिलोपल्ट अक्सनबाट खेलाडी लिएर टिम तयार पारिएको थियो । 

रुस्लान डीपीएल तीनमा पनि ६ वटा टोलीको नै सहभागिता रहनेछ । प्रत्येक टिममा १५-१५ खेलाडी राख्न पाउने छन् । जसमा दुई विदेशी र धनगढीमा हुने ट्यालेन्ट हन्टबाट आएका सुदूरपश्चिमका एक खेलाडी प्रत्येक टिममा अनिवार्य समावेश गर्नुपर्ने प्रावधानलाई निरन्तरता दिइएको छ ।

अनुमानित कुल लागत ५ करोड रहेको यस प्रतियोगिता धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ । यस अघि प्रतियोगिता हुदैँ आएको संघीय इकाई प्रहरी कार्यालयको मैदानलाई वैकल्पिक मैदानका रुपमा तयार गरिने आयोजकले जानकारी दिए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।