बुधबार, जेठ २७, २०८३

सनी देओलको बंगला लिलामी हुनबाट बच्यो

 |  मंगलबार, भदौ ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

६५ करोड भारुको ऋण संकटमा बलिउड अभिनेता तथा सत्तारुढ भाजपा सांसद सनी देओललाई राहत मिलेको छ। बैंक अफ बडोदाले देओलको जुहुमा रहेको सनी भिल्लाको लिलामी सूचना फिर्ता लिएको छ। बैंकले सोमबार प्राविधिक कारणले सूचना फिर्ता लिइएको जनाएको हो।

National life

बैंकले २४ घण्टाभित्र आफ्नो निर्णय परिवर्तन गर्दै देओलको सम्पत्ति लिलामीमा रोक लगाएको छ। यस विषयमा कांग्रेस नेता जयराम रमेशले प्रश्न उठाएका छन्। ट्वीट गर्दै उनले लिलामी रोक्नुको प्राविधिक कारण कहाँबाट आयो भन्दै प्रश्न गरेका छन्।

आइतबार प्रकाशित सूचना अनुसार सन्नीले ५६ करोड रुपैयाँ ऋण लिएका थिए, जुन तिर्न सकेनन्। ऋण नतिरेपछि बंगला लिलामीको मिति पनि २५ सेप्टेम्बरमा दिइएको थियो। बैंकले सनीबाट ऋण असुलीको सूचना समेत प्रकाशित गरेको थियो। यसमा सनीको जमानतमा बुबा धर्मेन्द्रको नाम पनि लेखिएको थियो।

कांग्रेस नेता जयराम रमेशले ट्वीट गर्दै प्रश्न उठाएका छन्। उनले भनेका छन्, ‘हिजो दिउँसो देशलाई थाहा भयो कि बैंक अफ बडोदाले भाजपा सांसद सनी देओलको जुहूको घर ई–लिलामीको लागि राखेको छ किनभने उनले बैंकलाई ५६ करोड रुपैयाँ तिर्न बाँकी छ। आज बिहान २४ घण्टाभन्दा कम समयमा देशले थाहा पाएको छ कि बैंक अफ बडोदाले ‘प्राविधिक कारणले’ लिलामी सूचना फिर्ता लिएको छ। कुन कारणले यस्तो निर्णय लिनुपर्‍यो?’

सनी देओलको आधिकारिक नाम अजय सिंह देओल हो। उनी २०१९ देखि पञ्जाबको गुरदासपुर क्षेत्रबाट भाजपा सांसद छन्। उनले तत्कालीन कांग्रेस नेता सुनिल जाखरलाई पराजित गरेका थिए। यस क्षेत्रबाट अभिनेता विनोद खन्ना लामो समयसम्म सांसद थिए।

Shivam cement

सनीको फिल्म ‘गदर २’ ले अहिले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। फिल्मको १० दिनमा कुल कलेक्सन ३७७.२० करोड पुगेको छ। करिब ७० देखि ८० करोडमा बनेको यो फिल्म अब ४०० करोड क्लबमा सामेल हुने तयारीमा छ।

गदर २ ले ऋतिक रोशनको फिल्म वार र सलमान खानको फिल्म बजरंगी भाइजानको लाइफटाइम कलेक्सनलाई पछाडि छाडेको छ। यो फिल्मले टाइगर जिन्दा हैं, पीके र सञ्जु जस्ता फिल्मलाई ठूलो अन्तरले पछाडि छाडेको छ।

प्रकाशित: Aug 22, 2023| 17:01 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्